अविरल वर्षाले जब्गादीमा घर पुरियो,पाल्पामा विद्युत अवरुद्घ ।

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०७७ असोज ३ गते ११:१०

पाल्पा।असोज ३ गते
रामपुर नगरपालिका-९,जब्गादीमा पहिरोले ३ वटा घरमा क्षति गरेको छ ।
गत असोज १ गते रातिदेखि परेको अविरल वर्षाका कारण हिजो असोज २ गते बिहान ९ बजेतिर घरभन्दा माथि बाट खसेको पहिरो स्थानिय साठीघरे टोलका खुम बहादुर साठीघरे,बुद्धि बहादुर साठीघरे,विष्णु बहादुर साठीघरेको घरमा खसेको थियो । पहिरोले एउटा घरलाई पुर्ण रुपमा क्षति गरेको छ भने अन्य घरहरुमा सामान्य क्षति भएको छ । घरहरु भएको स्थान भन्दा तल्लो भागमा पनि पहिरो गएकोले अझै पनिअत्यन्तै जोखिमपूर्ण अवस्था कायमै रहेको छ । घटनामा मानविय क्षति भएको छैन । अन्य क्षतिको विस्तृत विवरण आउन बाँकि छ । अविरल वर्षाका कारण खोला,खोल्सीमा ठुलो बाढी आउनुका साथै पाल्पामा विद्युत आपूर्ति सहज नहुँदा समस्या परेको छ ।

पाल्पाको दोभान बसन्तपुरमा खसेको पहिरोले मेन सप्लाई लाइन टावरको टुप्पो नै भाँचिदिएपछि २ दिन देखि विद्युत अवरुद्ध भएको छ । सो स्थान सम्म मर्मत सामाग्री लैजान २/३ घण्टाको प‌ैदल यात्रा गर्नुपर्ने र अविरल झरिका कारण असहज भएको कारण मर्मत गर्न ढिलाइ भईरहेको पाल्पा वितरण केन्द्रले जनाएको छ । अहिले सामानहरु आइपुगिसकेको हुँदा आज दिउँसो २ बजेसम्ममा विद्युत सुचारु हुनसक्ने पनि केन्द्रले बताएको छ ।


प्रकाशित : २०७७ असोज ३ गते ११:१०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology