निस्दीको ढुङ्गानाबेशी शिल,भोलिदेखि लामो दुरीका यातायात चल्ने,दशैं–तिहारलगत्तै कोरोना संक्रमण बढ्ने जोखिम ।

कन्दरा सम्वादाता
प्रकाशित : २०७७ भदौ ३१ गते १६:५१

भाद्र ३१।पाल्पा

एकजना स्थानिय महिलामा कोरोना पोजेटिभ देखिएपछि समुदायस्तरमा कोरोना संक्रमण फैलिन सक्ने भन्दै निस्दी गाउँपालिकाको वडा नं.-५,ढुङ्गानाबेशी बजार क्षेत्र शिल गरिएको छ ।

निस्दी गाउँपालिका कार्यालयले एक सुचना जारी गर्दै भाद्र ३१ गते राती १२ बजे देखि लागु हुने गरि असोज ७ गते राती १२ बजेसम्मका लागि पुर्वमा कामुखाेला,पश्चिममा खहरेखोला,उत्तरमा निस्दीखोला र राेक्माखोला दक्षिणमा मुढाभञ्ज्याङ चौकिल्ला कायम गरि शिल गरिएको जनाएको छ ।

निषेधित मितिसम्म अत्यावश्यक सो क्षेत्रमा कुनै प्रकारको आवतजावत,सवारी आवागमन ,पसल,व्यापारव्यवसाय समेत बन्द गरिएको छ । साथै खाद्यान्न पसलहरु बिहान र बेलुकी २।२ घण्टा खोल्न सकिने समेत जानकारी दिइएको छ ।

यता सरकारले असोज १ गतेदेखि आन्तरिक हवाइ उडान तथा लामो दुरिका सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरेपछि यातायात व्यवसायी र मजदुरहरु भोलि असोज १ गतेबाटै लामो दुरीमा सार्वजनिक सवारी चलाउन सहमत भएका छन् । विहान भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा यातायात व्यवसायीले सरकारको स्पष्ट स्वास्थ्य मापदण्ड र त्यसको कार्यविधि आए भोलिबाटै सेवामा जाने बताएका हुन् ।

सोमबारको मन्त्री परिषद बैठकले ५० प्रतिशत बढी भाडा लिएर सिट क्षमताको आधा मात्रै यात्रु बोक्ने गरी लामो दुरीमा सार्वजनिक यातायात चल्न दिने निर्णय गरेको थियो । एक लाइनको सिटमा एक जना मात्रै यात्रु बस्ने गरी सेवा दिनुपर्ने सरकारको शर्त छ ।

बैठकमा मन्त्री बसन्त नेम्वाङले व्यवसायीको मागअनुसार नै सबै दुरीका सार्वजनिक सवारी खोलिएकाले सरकारले तोकेका मापदण्ड पालना गरेर सेवामा जान आग्रह गरे । उनले व्यवसायीलाई परेका समस्या समाधान गर्न तत्पर रहेको भन्दै भोलिबाटै लामो दुरीमा सेवा थाल्ने वातावरण तयार गरिने बताए ।

त्यस्तै प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराल दशैं–तिहारलगत्तै कोरोना संक्रमण बढ्ने जोखिम देखिएको बताउँछन् । साउन तेस्रो हप्ताको सुरुमा सक्रिय संक्रमितको संख्या घटे पनि त्यसपछि बढेर सेकेन्ड वेभ आएजस्तै दशैं–तिहारपछि संक्रमणको थर्ड वेभ (तेस्रो लहर) आउने देखियो,’ उनले भने ।

चाडपर्वमा स्वाभाविक रूपमा बढ्ने मान्छेको जमघटलाई सरकारले बल प्रयोग गरेर रोक्न नमिल्ने र जाडो मौसम पनि सुरु हुने भएकाले भाइरस संक्रमण फैलिने जोखिम आकलन गरिएको मन्त्री बरालले बताए । ‘दशैं–तिहारपछि सक्रिय संक्रमितको संख्या पाँच हजार पुग्न सक्ने आकलन गरेर प्रतिकार्य योजना बनाएका छौं, उनले भने, ‘अब आईसीयू र आइसोलेसनको बेड संख्या २५–२५ सय पुर्‍याएर एकैपटक पाँच हजारको उपचार गर्ने तयारीमा छौं ।’

अहिले प्रदेश ५ का १२ जिल्लामध्ये सबैभन्दा धेरै जनसंख्या भएको रुपन्देही ‘रेडजोन’मा परेको छ । त्यसपछि क्रमशः कपिलवस्तु र बाँकेमा बढी संक्रमण देखिएको छ ।


प्रकाशित : २०७७ भदौ ३१ गते १६:५१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology