६१ वर्षको उमेरमा टिकीसराको नागरिकता काहालीलाग्दो रहस्य

मायाँ बस्याल
प्रकाशित : २०७७ भदौ २७ गते २३:०३

मायाँ बस्यालको यो अभियान बाट बनेको मा पत्रकार बाट खुसी व्यत्त गर्दै व्यत्त गरेको रहस्य
तानसेन नगरपालिका वडा नम्बर ११ जुकीया जन्म घर भइ २०३५ साल मंसिर १ गते माथागढी गाउँपालिका वडा नम्बर ३ कसेनी छाेडिघाट बस्ने अाेमबहादुर कामी संग बिवाह गरेर अाईकी टिकीसर २०१६ साल असार २२ गते जन्मनु भएको थियो । नत उहाँको जन्मदर्ता नै थियो नत विवाह दर्ता नै अाफ्नाे श्रीमान् बाेल्न सक्नु हुन् अाफु अलिअलि बाेलेपनि कुरा बुझिदैन अाफ्नाे घरमा दाउरा खाेज्ने पात खाेजेर सराइ बजार बेच्न ल्याउने र त्यहीँ पैसाले घर गुजारा गर्नेगर्नु हुन्छ । उहाँहरुकाे सन्तान छैनन् अाफ्नाे ससुराकाे पालामा समाजकै धनी मानिने उहाँको परिवार अाज एकछाक खान पनि धाै छ श्रीमान् ले अपाङ्ग भत्ता पाएकाे पैसाले चामल लिदै ठिक्क हुन्छ भन्नुहुन्छ उहाँका मनका अनेकौं रहर हाेलान् चाहाना हाेलान् तर सबै अधुरै देख्दा अाखामा अाशु भरिएर अाउछ टिकीसरा काे घरमा जान गाउँको बस्ती देखि झन्डै १ घन्टा लाग्छ बनकाे बिचमा चराचुरुङ्गी संग अाफ्ना दुख साट्दै काटेको जिन्दगी काे यात्रा यहाँ सम्म अाउदा प्रमाणपत्र केही नहुदा सरकारले दिएको सेवासुविधा समेत लिन नपाउदाकाे पिडा लाई अाज कम गर्ने भनि अथक प्रयास पछि अाज उहाँहरुकाे नागरिकता बन्दा निकै खुशी लागेको छ । सानातिना कुरामा खुशी हुने म अाज टिकीसरा बजैले नागरिकता समाउदा मेराे खुशी काे सीमा नै रहेन मैले पहल चाले पनि मलाई हरेक माेडमा सहयोग गर्ने सबै सहयोगी हातहरुलाई बिशेष धन्यवाद दिन चाहान्छु ।

हजुरहरु सबैको सहयोग ले अाज मेराे ईच्छा पूरा भएको छ ।सायदै उहाँको परिवार भएको भए श्रीमान् टाठाेबाठाे भएको भए अाज सम्म टिकीसरा कामीले नागरिकता पाउनु हुन्थ्यो हाेला तर अथक प्रयास पछि काम सफल भएको मा अाज मलाई स्वर्गीय अानन्द प्राप्त भएको छ।


प्रकाशित : २०७७ भदौ २७ गते २३:०३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology