संक्रमित फेला परेपछि लेमधेम बजार शिल

अमृत काम्मु मगर
प्रकाशित : २०७७ भदौ २७ गते १२:११

एक जना पुरुष मा कोरोना संक्रमण फेला परेपछि पुर्वखोला गाउँपालिकाको वडा नं.-४,देवीनगर लेमधेम बजार क्षेत्र शिल गरिएको छ ।
पुर्वखोला गाउँपालिका कार्यालयले एक सुचना जारी गर्दै भाद्र ७ गते बिहान ६ बजे देखि लागु हुने गरि असोज ५ गते बिहान ६ बजेसम्मका लागि पुर्वमा मोहकाल जाने बाटो ,पश्चिममा खिर्राभञ्ज्याङ ठाँटीगौंडा,उत्तरमा मातृभुमि मा.वि. अंग्रेजी ब्लक र दक्षिणमा काफलडाँडा चौकिल्ला कायम गरि शिल गरिएको जनाएको छ ।
निषेधित मितिसम्म सो क्षेत्रमा कुनै प्रकारको आवतजावत,सवारी आवागमन ,पसल,व्यापारव्यवसाय समेत बन्द गरिएको छ । साथै संक्रमितको कन्ट्याक्ट ट्रेसिङ भईरहेकोले स्थानीय हरुलाई समेत अनावश्यक हिँडडुल नगर्न अनुरोध गरिएको छ ।


प्रकाशित : २०७७ भदौ २७ गते १२:११


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology