उद्योग वाणिज्य संघ अध्यक्ष केशव भण्डारीद्वारा स्वास्थ्य सुरक्षा सामाग्री बितरण

Kandara News
प्रकाशित : २०७७ भदौ २६ गते २१:५१

नवलपरासी, पश्चिम भाद्र १८/ उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष केशव भण्डारीले विहिबार सुनवल वडा नम्बर ७ र ८ मा पिपिई सहितका स्वास्थ्य सुरक्षाका सामाग्री वितरण गर्नुभएको छ ।

सुनवलको ७ र ८ नम्बर वडामा रहेका स्वास्थ्यचौकीका लागि पिपिई सहितका मास्क, सनेटाईजर लगाएतका स्वास्थ्य सुरक्षाका सामाग्री उपलब्ध गराएको र आगामि दिनमा सुनवल नगर स्थित रहेका अन्य स्वास्थचौकिमा पनि पिपिई लगाएत स्वास्थ्य सामाग्रिहरु उपलब्ध गराउने भनि अध्यक्ष भण्डारीले बताउनुभयो ।

उक्त कार्यक्रममा स्वास्थ्यकर्मि एवम् यस क्षेत्रका जनताको स्वास्थ्य प्रति जिम्मेवार भई यस कोरोना महामारीको बिषम परिस्थितिमा पनि पिपिई तथा अन्य स्वास्थ्य सामाग्रीको अभावको अवस्था भएता पनि उपलब्ध गराईदिनु भएकोमा दुबै वडाका वडा अध्यक्ष,स्वास्थ्यकर्मी लगाएत उपस्थित स्थानियहरुले अध्यक्ष भण्डारीलाई धन्यबाद ब्यक्त गर्नु भएको थियो।

यस्तै अध्यक्ष भण्डारीले असाहय,गरिब एवंम् विपन्न वर्गका लागि वितरण गर्न आवश्यक खाद्य सामाग्री सुनवलको विसासयमा संचालनमा ल्याएको फुड बैंकमाॅं उपलब्ध गराई सहयोग गर्नुभएको छ।
‘कोरोना महामारीले अहिले सबै क्षेत्र प्रभावित छ, त्यसमा पनि साँझ विहान हातमुख जोर्न नसक्ने तथा दैनिक ज्यालादारीमा काम गर्ने मजदूर बढी प्रभावित छन्,उनीहरुलाई भौकै बस्न नपर्ने गरी सक्नेले व्यक्तिगत रुपमै भएपनि सहयोग गर्नुपर्ने अवस्था सृजना भएकाले आफूले पनि सुनवल नगर क्षेत्रका स्थानीयका लागि सकेको सहयोग उपलब्ध गराएको उहाँको भनाई छ ।

सुनवल निवासि भण्डारी यस कोरोना महामारीका बिच पनि समाज प्रति उत्तरदायी रहि जिल्ला भरि नै लकडाउनको सुरुवात देखि नै समाजिक कार्यमा लाग्नु भएको छ।


प्रकाशित : २०७७ भदौ २६ गते २१:५१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology