माथागढीमा काेराेना सङ्क्रण समुदाय स्तरमा फैलिन थालेपछि स्थानीय सरकार बाट नयाँ क्वारेन्टाइन निर्माण गरिएको छ।

माया बस्याल , माथागढी
प्रकाशित : २०७७ भदौ २० गते १९:५५

भदौ २०,

पाल्पा जिल्लाको माथागढी गाउँपालिकाले सामुदायिक भवनहरुमा क्वारेन्टाइन सञ्चालन गर्ने तयारी थालेको छ । समुदाय स्तरमा काेराेना भाइरस संक्रमित देखिन थालेपछि उच्च सतर्कता अपनाउने उद्देश्यले दाेस्राे मुलुक बाट आउने नागरिकका लागि क्वारेन्टाइन सञ्चालन गर्न लागेको हो ।

गाउँपालिका अध्यक्ष सन्तोष थापाका अनुसार विद्यालयमा नै क्वारेन्टाइन राखिरहँदा पछि विद्यालय सञ्चालन गर्न समस्या हुने भएकालेे विद्यालयबाट क्वारेन्टाइन हटाउन थालिएको हो । दाेस्राे मुलुक बाट आउने नागरिकलाई सरकारले हाेमक्वारेन्टाइनमै बस्ने निर्देशन अनुसार हाेमक्वारेन्टाइनमा राखिएको थियो । घरमा छुट्टाछुट्टै शाैचालय जस्ता आधारभुत आवश्यकताहरु पूरा नहुने भएपछि पुनः पालिकाले क्वारेन्टाइन सञ्चालन गरेको हाे । अहिले गाउँपालिकाले वडा नं. ४ देउगिरमा रहेको सभाहलमा क्वारेन्टाइन राखेको छ । सबै वडाका नागरिकलाई सम्भव भएसम्म त्यहीँ राख्ने निर्णय पनि पालिकाले गरेको छ । विद्यालयबाट क्वारेन्टाइन हटाइएको भए पनि बन्दोबस्तीका सामानहरु भने विद्यालयमा नै छन् । सम्भव भएसम्म सबैलाई यहीँ क्वारेन्टाइनमा राख्ने र सम्भव नदेखिए पुन प्रत्येक वडाले आ आफ्ना नागरिकलाई जिम्मेवारी लिने र राख्ने निर्णय अनुसार अगाडि बढिएकाे जानकारी थापाले गराउनु भएको छ ।

गाउँपालिका स्वास्थ संयाेजक केशव जि सि का अनुसार समुदाय स्तरमा काेराेना भाइरस फैलिने उच्च जाेखिमलाई हेर्दै पालिकाले हालमा आधारभूत आवश्यकता पूरा हुनेगरि ४० बेडकाे क्वारेन्टाइन सञ्चालनका लागि तयारी गरिरहेको छ । अहिले क्वारेन्टाइन मा भारत पुनाबाट आउनुभएका वडा नं. २,३ र ४ का ८ जना छन । उनीहरुकाे पि सि आर गर्नेे तयारी भइरहेको छ । समुदाय स्तरमा स्वाब सङ्कलन गरि पि सि आर परिक्षणका लागि पठाइएको १८३ जना मध्य शुक्रबार १३२ जनाकाे रिपोर्ट नेगेटिभ आएकाे छ । जि सि का अनुसार बाँकी रिपोर्ट आउने क्रममा रहेको छ । हामीले समुदाय स्तरमा पनि आवश्यकता हेरेेर सम्पूर्णकाे पि सि आर परिक्षण का लागि किटकाे व्यवस्था गरेका छौं-जिसिले भन्नुभएको छ ।


प्रकाशित : २०७७ भदौ २० गते १९:५५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology