नवलपरासी (पश्चिम ) कै ठूलो दूध संकलन गर्ने सहकारीले दूध लिन नसक्दा किसान मर्कामा

कन्दरा सम्बाददाता
प्रकाशित : २०७७ भदौ १९ गते १८:२६

२०७७ भदौ १९

कन्दरा सम्बादाता / नवलपरासी (पश्चिम )

कोरोना भाईरसको कारण मुलुक लामो समय लकडाउनकै अवस्थामा रह्यो।जसका कारण सबै बजार र ब्यवसाय ठप्प छ्न।यतिबेला लगभग सबै ब्यबसायिहरु मारमा परीरहेका छन । त्यसै गरि मारमा दूध उत्पादक कृषकहरु समेत परेका छन।ऋण काढेर फर्म सन्चालन गर्दै आएका र गाईभैंसी पालन गरेर जीविका चलाउदै आएका किसानहरुको उत्पादित दूध सहकारीले लिन नसक्ने अवस्था आएपछी किसानहरु चिन्तित बनेका हुन।

नवलपरासी पश्चिमको बर्दघाट ,सुस्ता , सरावल लगायतका पालिकाहरुका किसानहरुले उत्पादन गरेको दूध संकलन गर्दै आईरहेको बर्दघाट १४ स्थित चौपत्तामा रहेको चन्द्रोदय बहुउद्देश्यीय सहकारी संस्थाले एक सुचना जारी गर्दै दूध लिन नसक्ने बताएपछी यस क्षेत्रका सयौं दुध उत्पादक किसानहरु थप मर्कामा परेका छन।

दैनिक ६ हजार ५सय लि.देखि करिब ७ हजार लि सम्म किसानको दूध संकलन गर्दै आईरहेको चन्द्रोदय बहुउद्देश्यीय सहकारीले दूध र दुग्धजन्य पदार्थको बिक्रीमा कमि आएकाले दूध संकलन गर्न नसकिएको सहकारीका ब्यवस्थापक बिष्णु पान्डेले बताए।

करिब ३हजार ५ सय लिटर दूध दैनिक डिडिसिलाई बिक्री गर्ने गरेको र बाकी दूध स्थानिय स्तरमै खपत हुने गरेकोमा हाल डिडिसिले समेत दूध खरीद गर्न छोडेको र स्थानिय स्तरमै खपत भैरहेको दुध समेत बिक्री हुन छाडेकाले बाध्यात्मक रुपमा किसानका दूध संकलन गर्न नसकिएको ब्यवस्थापक पाण्डे बताउछ्न।

स्थानिय स्तरमा गाईको भन्दा भैसिको दूध बढी खपत हुने गरेकोमा अहिले पनि भैसिको दूध दैनिक ५ सय देखि ७ सय लिटर भने खपत भैरहेको सहकारीले बताएको छ।दूधको बिक्री लगभग ठप्प भएपछी किसानका उत्पादित दुधको कृम काटिएको र त्यस बापतको रकम किसानलाई दिईदै आईएको सहकारीले जनाएको छ।

लामो समय सम्म बजारको अवस्था यस्तै रहे उक्त रकम समेत दिन नसकिने ब्यवस्थापक पाण्डे बताउछ्न।यता दूध बिक्री नभएपछी गाईको आहार र दानापानीमा समेत समस्या भएकाले किसान थप चिन्तित बनेका छन।

”लामो समयको बन्दाबन्दिले दूध खपत नभएपछि बैंकको ऋण र किस्ता समेत बुझाउन नसकिएको र दूध उत्पादक कृषकहरुको जिविकोपार्जनमा समेत समस्या हुन थालेको” बताउछ्न बर्दघाट १४ का गाईपालक किसान लक्ष्मण हमाल।स्वदेश मै आत्मनिर्भर रहने प्रयत्न गरि गाईपालन ब्यवसायमा लागेका थुप्रै कृषकहरु यस्तै परिस्थिति रहे सो ब्यवसायबाट नै बिस्थापित हुने अवस्था आउने सक्नेमा गाईपालक किसानहरु चिन्तित देखिएका छन।


प्रकाशित : २०७७ भदौ १९ गते १८:२६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology