हाम्रो समाज महिला र कानुन
बन्दना पोखरेल रामपुर पाल्पा लेख
म एक महिला भएर र्हेदा मेरो आफ्नो अधिकार जमाउने घर छैन, बस्ने बास छैन अनि म एक सधै अरुको दास भएर कति बसु नबसु कहाँ जाउ यस्तै यस्तै तर्क आउछन् मनमा र यस्ता कुरालाई प्रमाणीत गर्दछन् समाजका विभीन्न घटनाले । म मेरो वरिपरीको समाज र परिबेशलाई केलाएर र्हेदा महिलाको आफ्नो दुख र्पदा के रहेछ त आखीर । समाजका विभिन्न घटनाले यसको चित्रण गरिरहेको छन् । हीजो एक घटना आयो कि सामाजिक रुपमा हामीले र कानुनले पनी परिकल्पना नगरेको जुन महिलाका लागि सवै भन्दा पिडादायी रहन्छ । हाम्रो मुलुकि ऐनले अहिले दोस्रो विबाहको कल्पना गरेको छैन तर समाजमा आज पनी यस्तो घटना घटिरहेका छन् । सामाजिक मुल्यमान्यता र पितृ सत्ताले जकेडिएको समाजमा आज पनी महिलाको आफ्नो बासस्थान छैन । अहिले पनी हाम्रो समाजमा पुरुषलाई बारको डोरो भन्ने गरिन्छ । समाजमा घटेका थुप्रै घटना आज पनी महिलालाई कमजोर र दोस्रो र्दजाको नागरिकको रुपमा र महिला पुरुषको दासको रुपमा हेरिएको पाईन्छ । हाम्रो कानुनले परिकल्पना गरेन कि बहुविबाह हुन सक्छ र त्यसवेला के गर्ने भनि यस्ता घटना समाजमा छरपस्ट छन् । जो बहुबिबाह गरेर आउछिन उनि पनि महिला हुन र जो पहिले बाट उनको पत्नी बनेर बसिरहेकी छन् ति पनि महिला हो तर त्यहाँ सामाजिक दृष्ठिमा महिला नै दोषी हुन्छीन र समाजले उनलाई एक पति दुलाहालाइ आफ्नो बसमा राख्न नसक्ने नारिको संज्ञा दिन्छ । र भन्छ के गरुस जिबन विताउन गाह्रो भयो हो उ सगँ अर्को ल्यायो । कानुन अनुसार अहिले बहुविबाह अस्वीकार गरिएको छ । दुई श्रीमतिको परिकल्पना गरेको छैन तर समाजमा यस्ता घटना घटिरहेका छन् । जसको फल स्वरुप महिला घर न घाटको भएको अवस्था रहेको छ ।
सविंधानको धारा १७५ मा बहुविबाह गर्न नहुने भनी प्रष्ट लेखिएको छ । १) विबाहित पुरुषले वैबाहिक संवन्ध कायम रहेको अवस्थामा अर्को विबाह गर्नु हुदैन । २) कुनै पुरुष विबाहीत भनि जानी जानी त्यस्तो पुरुष सगँ कुनै महिलाले विबाह गर्नु हुदैन । ३) उपदफा १ वा २ मा जुनसुकै कुरा लेखिएको भए पनि पति पत्नीले कानुन बमोजिम अंश वण्डा गरि भिन्न भएमा पुरुष वा महिलाले पुन विबाह गर्न सक्ने छन् । ४) उपदफा १ वा २ बमोजिमको कसुर गर्ने गराउने गर्नेलाई एक वर्ष देखि ५ बर्ष सम्म कैद र दश हजार देखि ५० हजार सम्म जरिवाना हुने व्यवस्था गरेको छ । ५) उपदफा १ बमोजिमका सवै विबाह स्वतह बदर हुने कुरा उल्लेख गरेको छ ।
सवींधानमा जे उल्लेख गरिएको भए पनि समाजमा यस्ता घटना घटिरहेका छन् ।
श्रीमान श्रीमती भनेको एक रथका दुइ पांग्रा हुन् भनिन्छ । जीवनमा यी दुईको वीचमा मेल हुनु एकदम आवश्यक हुन्छ । सुमधुर सम्बन्धले मात्र जीवन सहज हुने गर्दछ । वैवाहिक सम्बन्धमा सानोतिनो झगडा वा मनमुटाव हुनु स्वाभाविक हो । अहिलेको भागदौड र व्यस्तताको कारणले गर्दा एकअर्कालाई समय दिनु गाह्रो हुँदा श्रीमान श्रीमतीको सम्बन्धमा दरार आउने गर्छ । विवाहपूर्व प्रेम र खुशीले भरिएको जीन्दगी विवाहपछि एउटा कल्पनामा मात्रै सिमित हुन्छ ।
जब एक अर्काप्रति गुनासो हुन थाल्छ । आपसमा विचार नमिल्नु, एक अर्कालाई समय नदिनु, एकअर्काको इच्छाको ख्याल नगर्नु जस्ता समस्याको कारण वैवाहिक सम्बन्धमा दरार पैदा हुन्छ । एक अध्ययनका अनुसार १० मा ६ विवाहित जोडी आफ्नो सम्बन्ध बचाउनको लागि बिशेषज्ञको सल्लाह लिने गर्छन् । म्यारिटल डिसप्युट रिसल्विङ एजेन्सीले वैवाहिक सम्बन्धमा आउने दरारको कारण पत्ता लगाउनको लागि गरेको सर्भेमा २ सय ४३ जनाले भाग लिएका थिए ।
यो सर्भेमा २४ प्रतिशत मानिसहरुले व्यक्तिगत समस्या या बिरामी, २३ प्रतिशत दाईजो र २१ प्रतिशत एक आपसमा तालमेल नमिल्ने कारण बताएका थिए । यसको साथै क्रुरता, धोका जस्ता कारण पनि थिए । वैवाहिक सम्बन्धमा तनावको कारण सम्बन्धविच्छेद गर्नेको संख्या पनि लगातार वृद्धि भइरहेको छ । एकअर्का प्रति यति धेरै नकारात्मकताले भरिएको छ कि एक अर्काको हत्या गर्न पनि पछि पर्दैन । त्यसको लागि श्रीमान श्रीमतीले केही कुरा गर्नुपर्छ कुरा परिबारलाई जोडि राख्नु पर्नेहो तर सानो तिनो मन मुटाबमै सम्वन्ध बाट टाढा हुने र अर्को विबाह गर्ने समाजिक परम्पराले हिंसा बढिरहेको छ । अब त्यो पुरुष सगँ आउने महिला पनी दोषी हुन् र पुरुष पनि कानुन अनुसार त्यो विबाह स्वतह बदर हुन्छ अब भन्नुस त्यो महिला विबाह गरिन्न् सामाजिक परम्परा अनुसार सिउदो रंगाईन अनी चुरा पोते मन्दिरमै लगाएपनी आखीर विबाह भै हाल्छ तर कानुनको नजरमा त्यो विबाह मानीदैन । उता पहिलो पत्निले उजिरी हालिन भने उनी बस्ने घर रहदैन उनलाई खाने बस्ने समस्या आई हाल्छ न उनि त्यो परिवार कानुन अनुसार अंस लिएर बस्न सक्छीन् न उनी त्यहाँ विद्रोह गर्न जसका कारण उनी मनलाई बाधेर रुनु सिवाय केहि रहदैन भने अर्का तिर महिला कानुनि अधिकारमा पत्नि हुन पाउदिन् र कानुनको नजरमा उनि रखेल ठहरिन्छीन् । भने अझ गर्भवति भै सकेपछि पनी बहुविबाह मानिने छैन । दुबै तिर बाट महिला पिडीत रहनेछन् । आर्थिक रुपमा सम्पन्न बा आफ्नो खर्च र्पुयाउन सके मात्र पनी कति पय अवस्थामा यति पिडा नहुदोहो । महिला आर्थिक रुपमा सक्षम हुन यसकारण पनि आबश्यक देखिन्छ । अर्का तिर यो कुरा गरिरहदा महिला पुरुष लिभिङ् टुगेदरको सोच नै राखेको भए पनी यहाँ महिला सक्षम र सवल नभएको खण्डमा र यसको खास अर्थ नबुझि ललाई फकाई प्रेम जालमा परि पछि गर्भवति भएको खण्डमा र केटाले हेरि हालेन भने झन विकराल हुन सक्ने देखिन्छ । घरघरमा विना बाउमा छोरा छोरि र विना पतिका छोरी हुने हो कि यस तफ पनि सम्वन्धित सवको ध्यान जाओस र यस सम्वन्धि चेतना जगाउने काम गर्नु आबश्यक देखिन्छ ।
सक्दा राम्रो हुदाँ र सवैले माया गर्दा सम्म त ठीकै छ जिबन आफ्नो खुसि मेटाएर अरुका लागि जहिले परिवार समाज सम्झदाँ सम्म आफ्ना ईच्छा र आकंछाहरुको वलि चढाएर अरुको लागि बाच्दा सम्म सव राम्रो हुन्छ । तर समय अनुसार यस्तो गर्न नसक्ने प्रतिकृया दिएमा चोधालेको सङ्गा दिदै पारिवारीक रुपमा तिरस्कार सहनु पर्ने गरेको पाईन्छ । एकै घरमा एकै हैसियत राख्ने महिला र पुरुष विच आज पनि विबेद छ । घरको काम सवै महिलाले गर्नु पर्ने देखिन्छ ।
जन्ममा एक घर हुन्छ जब महिलाको उमेर बढ्दै जान्छ त्यो घर बाट अर्को घरमा सार्ने तरखर भैरहन्छ । र अत्ततह घर परिर्वतन हुन्छ । अब उनले आफ्नो भनिरहेको घरलाई पराईको सम्झेर जुन घरमा गईन त्यो घरलाई आफ्नो भनेर जन्मको नाता र बालापनलाई भुलेर एक जिम्मेवार व्याक्ती बन्नु र्पछ । आफ्ना ईच्छा र आकंक्षाहरुको तिलान्जलि दिएर अरुका लागि सव थोक सम्पीनु र्पछ । तर पनि त्यो घर भन्नका लागि मात्र उनको हुन्छ । हिजो सम्म आफ्नो सम्झेको बालापनको सम्पुर्ण समय खर्चेको त्यो घर जसले जन्म दियो आफू नसुतेर नखाएर मायाका साथ र्हुकायो उनिहरु त पराई भैसके अव यता जुन घर आयो त्यो घर पनि उस्तै आफ्नो वनाउन प्रयत्न एक महिला सधै वचन र मानसिक पिडाका विच दिन कटाई रहेकी हुन्छीन् । अरुको खुसिमा रमाउन पर्ने बाध्यता छदैछ ।
हाम्रो समाजमा एक पटक विबाह भए पछि जतिसुकै अपमान र अत्याचार र्दुव्यावहार सहजुपर्ने देखिन्छ । दोस्रो पटक सम्मानका साथ विबाह गर्ने पुरुष भेटिदैन आर्दशका कुरा गरेरमात्र पेट पनी भरिदैन आबश्यकता पुरा हुदैन । सवै समाजीक मुल्यमान्यतामा र सस्कृति परम्परागत सोचले महिला अहिले पनी दोस्रो दर्जाको नागरिकको रुपमा हेरिएको छ । यस्ता बाध्यतालाई आफ्नो भाग्य भन्दै सहेर जिबन विताउन पर्ने सस्कारले असंख्य नारिहरुले नरकीय जिवन बिताईरहेका छन् । त्यसैले महिलाले आफ्नो हकका लागि आन्दोलन गरे अहिले केहि अधिकार स्थापित हुन सफल भएका छन् । तर त्यो कागजि अधिकार स्थापीत गर्न र व्यावहारमा लागु गर्न अझ कति समय लाग्ने हो अझ कति अन्याय र अत्याचार अनि अधिकार स्थापीत गर्न अझ कति लडाई लड्नु पर्ने हो । महिला माथि अझ कति अन्याय अत्याचार हुने हो कति बाहिर कति घर भीत्र आफूले आफूलाई असुरक्षित महसुस गर्नू पर्ने हो । न महिला काम गर्ने ठाउँमा सुरक्षीत छन् न सार्वजनिक यातायात न कुनै सभा समारोह न विद्यालय न त घरमा नै महिला सुरक्षित छन् । कानुनि रुपमा आफ्नो मन नलागे छुटिएर बस्न पाईने अधिकार दिईए पनि सामाजिक रुपमा यो स्थापित हुन सकेको छैन सामाजिक सस्कार मुल्यमान्यता र मुख्य रुपमा आफ्नो आय स्रोत नहुदाँ महिला आफ्नो कानुनि अधिकार प्रात्ति गरिहाले पनि एक्लै जिबन विताउन कठिन महसुस गरिरहेका छन् । यसका उदाहरण थुप्रै रहेका छन् । कहि कतै कसै सगँ हासि बोलेको आरोप त कतेैघरमा राम्रो गरे नगरेको अरुको ईच्छा पुरा भए नभएको सवै उसैको जिम्मेवारी हुन्छ । कतै कहिँ कमजोरि भए या कसैलाई चित्त बुझेन भने सवै घर निकाल्ने छोड्ने धम्की आज पनी हाम्रो समाजमा विद्यमान रहेको छ । जसको विरुद्ध आवज उठाउन आर्थीक समृद्ध हुनु आजको आवश्यकता रहेको छ । सवै मिलेर यस्ता कुसस्कार र कुरिती हटाउन सव्य समाज निर्माण गर्न आफ्नो ठाउँबाट प्रयत्न गर्नु आवश्यक छ । जब सम्म महिला र पुरुष विचको विभेद रहिरहन्छ । तब सम्म हामीले सोचेको समता मुलक समाज निर्माण हुन सक्दैन । सवै मिलेर समाज विबासका लागि मानसिकता परिर्वतन आजको आवश्यकता हो ।
प्रकाशित : २०७७ भदौ १९ गते १८:१२
Facebook Comment