मच्छिन्द्रनाथको रथ तान्ने क्रममा ट्राफिक प्रहरी कुटिय पछि सामाजिक संजालमा बिरोध

कन्दरा सम्बाददाता
प्रकाशित : २०७७ भदौ १९ गते १:१८

काठमाडौँ, भाद्र १८। ललितपुरकाे पुल्चोकमा बिहीबार राताे मच्छिन्द्रनाथको रथ तान्ने क्रममा १ ट्राफिक प्रहरीमाथि कुटपिट गरेको फोटो तथा भिडियो भाइरल भएको छ । ट्राफिक प्रहरी जवान कमल घिमिरेमाथि रथ यात्रा जाने स्थानिय हरुले एउटा मोटरबाइक जलाउदै ड्युटिमा रहेका ट्राफिक प्रहरी माथी घेरा हालेर कुटपिट गरेको भिडियो सार्बजनिक भए संगै यस घटानाको विभिन्न व्यत्ती हरु बाट खेद प्रकट गरेका छन ।

स्थानीयहरुले निषेधाज्ञा तथा प्रहरीको चेतावनीलाई वेवास्ता गर्दै बिहीबार पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तानेका थिए। त्यसक्रममा प्रहरीले अश्रुग्याँस र पानीको फोहोरा हानेकाे थियाे।

साेही क्रममा भीडले मोटरसाइकलमा आइरहेका ट्राफिक प्रहरी जवान घिमिरेमाथि निर्घात कुटपिट गरेको थियो।# हाल घिमिरेको जावलाखेलस्थित अल्का अस्पतालमा उपचार भइरहेको छ।
तस्विर तथा भिडियो सामाजिक संजाल


प्रकाशित : २०७७ भदौ १९ गते १:१८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology