काङ्ग्रेस उपसभापति स्व.गिरी पत्नी द्वारा छानबिनको लागी जिल्ला प्रशासनमा निबेदन ,युनिभर्सल मेडिकल कलेज भैरहवाले चरमलापरवाही गरेको आरोप

Kandara News
प्रकाशित : २०७७ भदौ १८ गते १६:२९

नवलपरासी पश्चिम /भदौ १७
कोरोना संक्रमणको कारण देखाउँदै मृत्यु भएको घटना शंकास्पद रहेको भन्दै पश्चिम नवलपरासीका राजनीतिक दल, संघसंस्था र परिवारजनहरुले छानविन गर्न सरकारसँग माग गरेका छन् । नेकपा, नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी, समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, स्वतन्त्र राजनीतिक समूह, नागरिक समाज, किसान हकहित संरक्षण मञ्च लगायतको परासीमा बसेको सर्वपक्षिय बैठकले घटनाको छानविन सहित दोषीलाई कारबाही गर्न माग गरेका हुन् । नेपाली कांग्रेसका जिल्ला उपभासभापति ३८ वर्षीय सुवाचन्द्र गिरीको साउन २३ गते भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा पित्तथैलीको अपरेशन गरिएको थियो । अपरेशनपछि कोराना संक्रमण देखिएका उनको उपचारका क्रममा भदौ १ गते पाटन अस्पतालमा मृत्यु भएको थियो ।
प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकलाई बुधबार ज्ञापन पत्र बुझाउँदै उनीहरुले अपरेशनका क्रममा चिकित्सकहरुले गरेको लापरबाहीलाई ढाकछोप गर्न कोरोना संक्रमणको कारण देखाइएको भन्दै छानविन गर्न माग गरेका हुन् । परिवारजनले पनि सामान्य अवस्थामा अपरेशन गर्न पुगेका गिरीको अपरेशनका क्रममा लापरबाही हुँदा मृत्यु भएकोले चिकित्सक र अस्पतालाई कारबाहीको मागसहित जिल्ला प्रशासनमा निवदेन दिएका छन् ।
परिवारका अनुसार अपरेशनपछि वार्डमा सारिएका गिरीलाई तत्काल ज्वरो आउने, छाती दुख्ने र बान्ता आउन थालेको थियो । सामान्य औषधि दिएर उनलाई घर पठाइएको र अवस्था नसुधारिएपछि पुनः मेडिकल कलेज लगिएको मृतककी श्रीमती अनितादेवीले बताईन् । त्यसपछि मात्र उनको कोरोना परीक्षण गराइएको थियो । परीक्षणमा कोरोना पोजेटिभ आएपछि तत्काल गिरीलाई बुटवलस्थित कोरोन अस्पतालहुँदै पाटन अस्पताल पठाइएको थियो ।
त्यही उनको उपचारका क्रममा मृत्यु भएको थियो । गिरीलाई संक्रमण देखिएपछि परिवार र पाटन अस्पताल लैजादा एम्बुलेन्समा सँगै गएका भाईको कोरोना परीक्षण रिपोर्ट समेत नेगेटिभ आएको थियो । कोरोना परीक्षण नगरी अपरेशन गर्नु र सम्पर्कमा रहेका परिवारजनका सबैको रिपोर्ट नेगेटिभ आउनुले गिरीको कोरोनाबाट नभई अपरेशनकै क्रममा भएको लापरबाहीले मृत्यु भएको भन्दै सर्वपक्षिय प्रतिनिधिहरु र परिवारजनले घटनाको छानविन गरी दोषिलाई कारबाहीसहित क्षतिपुर्तिको माग गरेका हुन ।


प्रकाशित : २०७७ भदौ १८ गते १६:२९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology