रामपुरमा मिनीट्रक दुर्घटना,१ को मृत्यु १ घाइते ।

Kandara News
प्रकाशित : २०७७ भदौ १८ गते १६:०४


पाल्पाको आर्यभञ्याङ रामपुर सडकमा पर्ने रामपुर ४ सिताकुण्ड ठाटि,टुनीभञ्ज्याङमा बिहिबार बिहान भएको मिनि ट्रक दुर्घटनामा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । दुर्घटनामा सर्लाही बागमति नगरपालिका ६ का ३० बर्षिय सन्तोष गहतराज बिकको ज्यान गएको हो । घाइते सोही स्थानका १६ बर्षिय राहुल बिकको रामपुर अस्पतालमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।
हेटौडा बाट रामपुरका लागि तारजाली लिएर आउँदै गरेको प्रदेश ३—००१ अ ओ ००७१ को मिनि ट्रक ओरालो बाटोमा अनियन्त्रित भई बाटो देखि तल खसेको छ । फरार ट्रक चालक कालुराम नेपालीको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : २०७७ भदौ १८ गते १६:०४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology