खोलामा पुल नबन्दा जनतालाई सास्ती ,युवाहरुको सकृयता बन्यो अस्थायी पूल

रबिन शर्मा चापागाईं / पाल्पा 9857071964
प्रकाशित : २०७७ भदौ १६ गते २१:४४

भाद्र १६
रविन शर्मा चापागाईं /पाल्पा 9857071964
पाल्पामा पुर्वखोला गाँउपालिकाको कार्यालय र वडा नं ३ को कोलडाडाँ ,गरडाँडा जोडने सडकमा पर्ने पुर्वखोलामा पुल नबन्दा स्थानियले सास्ती बेहोरेका छन । कोलडाँडाबाट , पुर्वखोला गाउँपालिकाको कार्यालय ,स्वास्थ्य चौकी र सदरमुकाम जाने बाटो जोडने पुल प्रदेश सरकार , स्थानिय तह बनेको ३ बर्ष पुगेर पनि बन्न नसकेपछि स्थानियहरु बर्षायाममा जोखिमपुर्ण यात्रा गर्न बाध्य भएका छन् ।

खोलामा पुल बन्न नसकेको कारण बर्षायाममा स्थानियहरू नजिकै रहेको बिर्ताबजार, पुर्वखोलागाँउपालिका कार्यालय, वडा नं ३ को कार्यालय ,उद्धबुद्ध कलेज ,स्वास्थ्य चौकी लगायत बिरामी भएको अवस्थमा पाल्पा सदरमुकाम तानसेन बजार र सो क्षेत्रमा आवत जावत गर्न कठिनाई भैरहेको बताउछन् । पुल नबन्दा स्थानिय विद्यार्थीहरुपनि जोखिम मोलेर विद्यालय जाने गरेको स्थानियले बताए ।

पुल नबनेर एम्बुलेन्स जान नसक्दा कतिपय सामान्य बिरामिहरुले पनि ज्यान गुमाउने अवस्था रहेको स्थानिय बासिहरु बताँउछन ।

खोलामा पुल बनाउन बारम्बार स्थानिय सरकार ,प्रदेश सरकार , संघिय सांसदलाई बारम्बार स्थानियले भनेपनि उनिहरुले बेवास्ता गरेको र चुनावको बेला उक्त स्थानमा पुल बनाउने आश्वासन दिएर बिजयी भएपछी आफुले गरेको बाचा समेत बिर्सने गरेको एक स्थानीयले नाम नलेखिदिने सर्तमा आक्रोश पोखे ।

यो क्षेत्र पुर्व भुमीसुधार मन्त्री तथा बहालवाला सांसद दल बहादुर राना र नेकपा पाल्पाका प्रभाबशाली नेता तथा प्रदेश नं ५ का सदस्य युवराज खनालको निर्वाचित भएको क्षेत्र पनि हो ।

उक्त खोलामा अस्थायी पुल बनाउन समेत स्थानिय तहले आलटाल गरेपछी स्थानिय युवाहरुले आफ्नै खर्च र सकृयतामा अस्थायी पुल निर्माण गरेका छन । स्थानिय युवा मन बहादुर थापा , आशिष न्यौपाने , ऋषि ठाडा, कमल काम्मु लगायतका युवाहरुले स्थानियलाई आवतजावतमा सहज हुने भनेर अस्थायी पुल निर्माण गरेको बताए ।

अस्थायी पुल बनेपछी बिरामीलाई अस्पताल लैजान ,गाउँपालिका कार्यालय जान र दैनिक उपभोग्य सामान लिन जान सहज हुने बिश्वास स्थानियले गरेका छन ।।


प्रकाशित : २०७७ भदौ १६ गते २१:४४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology