हास्य टेलि-शृखला ६ महिना देखि बन्द-कुमारले लेखे स्टाटस

कन्दरा सम्बाददाता
प्रकाशित : २०७७ भदौ १५ गते २२:५३

चर्चित हास्य टेलि शृखला सक्किगोनि का निदेशक कुमार कट्टेलले( जिक्री) टेलि-शृखला कोरोनाको माहामारिमा बन्द भएकोमा जानकारी गराउदै कोविड -१९ नियन्त्रणमा आए पछि नियमत आउने कुरा व्यत्त गरेका छन टेलि शृखलाका निदेशक समेत रहेका कट्टेलले आफ्नो फेबुक मार्फत सबैलाइ जानकारी गराएका छन ।

उनको स्टाटस

बिगत ६ महिना देखि बिश्वब्यापि रुप मा फैलियको( कोभिड-१९ )महामारी का कारण हामि ले हाम्रो नियमित प्रस्तुति “सक्किगोनि”दर्शकमाझ पस्कन असमर्थ भएका छौ !!
यो विषम परिस्थितिको सामना गर्न सबै भन्दा पहिला हामी नागरिक को तर्फ बाट नै सजगता अपनाउनु पर्छ भन्ने कुरा लाइ मध्यनजर गर्दै सरकारद्वारा जारी गरिएको लकडाउन, निषेधाज्ञा तथा अनाबश्यक रुपमा भिडभाड नगर्ने आव्हान लाइ हामि पुर्ण रुप मा पालना गर्दै आएका छौ, यो नै हाम्रो “सक्किगोनि” सिरियल नियमित रुपमा प्रसारण नहुनुको मुख्य कारण हो !! हामी कलाकार भन्दा पहिला यो देशका जिम्मेवार नागरिक हौ, त्यसैले सरकारले आव्हान गरेका निर्देशन लाइ पुर्णरुपमा पालना गर्नु हाम्रो कर्तव्य हुन आउछ !! यो बिचमा हामिलाइ विभिन्न सामाजिक सन्जाल मार्फत, टेलिफोन मार्फत, प्रत्यक्ष भेटेर “सक्किगोनि” सिरियलको बारेमा चासो, चिन्ता , र अपार माया ब्यक्त गर्नु हुने सम्पुर्ण दर्शक हरु प्रति हार्दिक आभार ब्यक्त गर्दछौ !! सबै भन्दा पहिला यो माहामारि को हामि सबै मिलेर सामना गरौ, पहिला आफु बचौ, अरुलाइ पनि बचाऔ ! साथै परिस्थिति सामान्य हुना साथ हामि हाम्रो नियमित प्रस्तुति लिएर आउने बाचा गर्दछौ !! त्यतिन्जेल सम्म को लागि धैर्य गर्दै हामिलाइ निरन्तर माया गरिदिनु होला ”
भनेर उन्नले भनेका छन ।


प्रकाशित : २०७७ भदौ १५ गते २२:५३

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology