रम्भा हुगीको सामुदायिक भवनमा आगालागी ३५ लाखको क्षेती

सुरेश देवकोटा
प्रकाशित : २०७७ भदौ १४ गते २१:२०

पाल्पाकाे रम्भा गाउँपालिका-१ हुगी संगाहा स्थित सामुदायिक युवा सुचना केन्द्र , सामुदायिक बन कार्यालय हुगी साथै महिला समुहकाे सामुहिक भवनमा अचानक बिद्युतको तार सट भई आगालागी हुदा २० लाख बराबरकाे सामान र १५ लाख बराबरको भवनको मुल्याङकन गरि जम्मा करिब ३५ लाख बरावरको क्षती भएको युवा सुचना केन्द्र का संस्थापक नारायण डुम्रेले बताउनु भयो ।

( बिजय रानाको फेसबुक बाट )

यो भवन २०४८ सालमा प्रगती शिल युवा समूह द्धारा स्थापना भएको यस भवनलाई २०५४ मा कृष्ण गण्डकी युवा कलव हुँदै २०६७ मा सामुदायिक युवा सुचना केन्द्र द्धारा परिचित रहेको छ । यस संथामा रुम टु रिडको पुस्ताकालय समेत रहेको थियो शौक्षिक गतिबिधी अघि बढाउन प्रयाेग भएको यस भवनको लागि गत आर्थिक बर्ष यस भवन सामान खरिद र व्यवस्थापनको लागि रम्भा गाउँपालिका बाट १ लाख ५० हजार बराबरको काम गरेको सामन खरिद र व्यवस्थापनमा खर्च गरेको डुम्रेले जानकारी गराउनु भयो । यस संस्थाले युवा लक्षित कार्यक्रम हरू पत्रकारिता , उद्घाेषण, कम्प्युटर तालिमहरू दिने साथै समुदायमा रहेका हरेक कृयाकलापमा सकृयता का साथ सहभागी हुने गरेकाे थियाे ।

प्रहरी र स्थानियहरुको सहयोगमा आगो पुर्ण नियन्त्रणमा लिइएकाे छ। उक्त आगालागीबाट ४० थान प्लास्टिकको कुर्ची, ८ थान कम्प्युटर, १ थान टिभी, टेन्डहाउसमा प्रयोग गर्ने कपडा, भाडाकुडा, ७ थान काठको दराज क्षती भएको प्रहरीले जनाएकाे छ ।


प्रकाशित : २०७७ भदौ १४ गते २१:२०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology