भारतद्वारा अतिक्रमितभूमि छिट्टै फिर्ता लिइने-प्रधानमन्त्री के पि शर्मा वली

कन्दरा सम्बाददाता
प्रकाशित : २०७७ भदौ १४ गते ७:०२

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले नेपाली भुमी भारतले फिर्ता गर्नै पर्ने बताउनु भएको छ । चर्चित जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासंगको शनिबार प्रसारित अन्तवार्तामा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
सुगौली सन्धि पश्चात् नेपालको भोगचलनमा रहेको लिम्पियाधुरा-कालापानी क्षेत्र पछिल्लो समय भारतले अतिक्रमण गर्दै गएको पनि उहाँले बताउनुभएको छ । नेपालको तर्फ बाट वार्ताको लागि लिखित पत्र पठाए पनि पत्रको प्रतिउत्तर दिनुको सट्टा बाटाे उदघाटन जस्ता गतिविधी गर्न थालेकाले उक्त भु-भाग समेटेर नयाँ नक्सा तयार पारेको उहाँले स्पष्ट पार्नुभएको छ । उक्त भु-भाग भारतले जसरी पनि फिर्ता गर्नु पर्ने र त्यो आफ्नै कार्यकालमा हुने समेत उहाँले बताउनु भयो ।
” मन्त्रिपरिषद् पुनर्गठन गर्दै हुनुहुन्छ? ” भन्ने प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले ‘मन्त्रिपरिषदको गठन-पुनर्गठन आवश्यक्ताले गरिने’ भन्दै सो विषयमा आफू विचार गर्दै, समिक्षा गर्दै र हेर्दै गरेको जवाफ दिनुभयो ।
यो कुरा प्रधानमन्त्रीले विचार गर्ने विषय भएको भन्दै उहाँले भन्नुभयो – ‘पूरानै साथीहरुको टिम लिएर सफलताका साथ अगाडि जान सकिन्छ वा त्यसमा आंशिक हेरफेर गर्नुपर्छ वा पुरै हेरफेर गरेर नयाँ टिमका साथ अगाडि बढ्दा बढी गतिशिलताका साथ जान सकिन्छ भनेर प्रधानमन्त्रीले विचार गर्ने कुरा हो ।’

प्रधानमन्त्री ओलीले मुख्मन्त्रीहरु भने परिवर्तन नहुने संकेत गर्नु भएको थियो । अर्को डेढ वर्षपछि स्थानीय चुनाव हुने भन्दै उनले त्यस चुनावमा जितेर आएपछि सबै प्रदेशका मुख्यमन्त्रीहरु दोहोरिन, नदोहोरिन र नयाँ आउन पनि सक्ने बताउनु भयो । उहाँले मुख्यमन्त्री परिवर्तनको विषयमा मिडियाहरुले सोधिरहने विषय नभएको बताउँदै मुख्यमन्त्रीहरु परिवर्तन गरेर अस्थिरतातर्फ जान नहुने र त्यो खालको निर्णय गर्न नहुने बताउनु भयो ।

प्रधानमन्त्री ओलीले आफुले सरकार सञ्चालन गर्ने क्रममा विभिन्न पक्षसँग परामर्श, राय र सुझाव लिएर गरिरहेको दाबी पनि गर्नु भयो । उनले सरकार र पार्टी एउटै होइनन् भन्ने कुरा थाहा पाउनुपर्ने भन्दै जसले जे पायो त्यही बोल्ने परिपाटी रोक्नुपर्नेमा जोड दिनु भयो ।

पार्टी विवाद र कार्यदलको विषयबारे सोधिएको प्रश्नमा प्रधानन्त्रीले प्रतिवेदन के हो भनेर बुझ्नुपर्ने पनि बताउनु भयो । उहाँले प्रतिवेदन पार्टीको आन्तरिक समस्यासँग सम्बन्धित रहेको भन्दै त्यो समस्या अनावश्यक रुपमा देखा परेको दावी समेत गर्नुभयो । ‘व्यक्तिगत आकांक्षालाई पार्टी र सरकारसँग जोडेर देश सञ्चालन र व्यवधान पुग्नेगरी चल्न हुँदैन’, प्रधानमन्त्री ओलीले भने– ‘कार्यदलको प्रतिवेदन केन्द्रीय कमिटीमा पास गर्ने होइन । विवादलाई साम्य पार्ने हो ।’

उहाँले अर्का अध्यक्ष प्रचण्डसँग मन मिलिसकेको भन्दै अब असमझदारी नबढ्ने बताउनुभयो । ‘असहयोग हैन सहयोग पाएको छु । प्रचण्डसँग अझ समझदारी गरेर जानुपर्छ । भागबण्डाको प्रश्न होइन । भागवण्डाका लागि राजनीति गरेका होइनौ’, पार्टीमा भागबण्डा मिलिसकेको भन्ने प्रश्नमा प्रधानमन्त्रीको जवाफ थियो । प्रचण्डलाई के अधिकार दिनुहुन्छ ? भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले ‘उहाँले कार्यकारी अधिकारसहित पार्टी सञ्चालन गर्ने र अबदेखि पार्टी र सरकार समझदारी अनुसार नै चल्ने’ उहाँको भनाइ छ । पार्टीमा दुईवटा अध्यक्ष हुने भएपनि सरकारको प्रधानमन्त्री एउटै हुने व्यंग्य समेत गर्नुभयो ।

उहाँले पार्टी एकता कायम रहन्छ या फुट्छ भन्ने प्रश्नमा यो एकता एकछिनका लागि मात्रै नगरेको बताए । ‘यो एकता अलि परसम्मको यात्राका लागि होइन, विकृति हटाएर, सुसंगत, अशिक्षा हटाएर, देशमा अग्रगामी परिवर्तनलाई निरन्तरता, स्वच्छता, पारदर्शिता, विकास निर्माणका लागि हो । चौतर्फी विकासका लागि हो’, प्रधानमन्त्री ओलीको बताउनु भयो ।

आफ्नै पार्टीभित्र समर्थनमा एक शब्द नबोल्ने तर भित्रभित्र विरोध गर्ने परिपाटी अन्त्य गर्नुपर्ने भन्दै उनले पार्टी एकिकरण सकेर महाधिवेशनमार्फत अघि बढ्ने बताए । आगामी माहाधिवेशन एकता महाधिवेशन भएकाले सहमतिका साथ नै जानुपर्ने भन्दै ओलीले नेतृत्व चयन पनि सहमतिका साथ हुनसक्ने सम्भावना रहेको बताउनु भयो ।

उहाँले कोरोना नियन्त्रणको लागि हाल चलेको पद्धती अनुसार नै चल्नु पर्ने र यसमा बर्गको आधारमा सरकारले उपचार नै गर्न नसक्ने लाई मध्यनजर राख्दै अगाडि बढ्न सक्ने बताउनुभयो । प्रधानमन्त्रीले बेसार पानीको प्रसंग पुन: दोह-याउँदै यसले स्वास्थ्यको लागि फाइदा पुग्ने हुँदा अहिलेको कोरोनाको यो अवस्थामा यसको प्रयोग मसलाको रुपमा मात्र नहेरी एक औंषधिको रुपमा समेत हेर्न आग्रह गर्नुभयो ।
प्रा.डा. उपेन्द्र कोइरालाको नियुक्ति नातावाद कृपावादको आधारमा नभएको भन्दै योग्यताका आधारमा भएको दावी पनि उहाँले गर्नुभयो । प्रधानमन्त्री ओलीले भ्रष्टाचारको आशंका लागेको ठाउँमा छानबिन गर्ने बताउनु हुँदै विभिन्न समाचार माध्यममा छापिएको भ्रामक खबरप्रति असन्तुष्टि समेत जनाउनुभयो । आफु र सरकारबारे अनर्गल प्रचार गर्नेहरुप्रति आफुलाई दया लागिरहेको भन्दै प्रधानमन्त्रीले भ्रामक खबर फैलाउनेहरुको पाप धुरीबाट कराउने चेतावनी समेत दिनुभयो ।


प्रकाशित : २०७७ भदौ १४ गते ७:०२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology