पाल्पामा शनिवार थप ६ जनामा काेराेना संक्रमण, संख्या ५७९ पुग्याे

कन्दरा सम्बादाता
प्रकाशित : २०७७ भदौ १३ गते १६:५३

पाल्पा १३ भदौ
पाल्पामा समुदाय स्तरका तीन सहित ५ सय ७९ जनामा कोरोना संक्रमण भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका अनुसार तिनाउ गाउपालिकाका र तानसेनमा समुदाय स्तरको महिलामा कोरोना देखिएको हो । शनिवार तिनाउँ गाउँपालिकामा ६ जना संक्रमित थपिएका हुन् ।
अहिले सम्म पाल्पामा तीन जना समुदाय स्तर सहित ५ सय ७९ जनामा कोरोना देखिएको छ । भने निकाे भएर ५ सय ६१ जना घर फर्किएका छन । भारतबाट आएका पाँच सय ७० र अन्य समुदाय स्तरका ३ जनालाइ पाल्पामा परीक्षणकाे क्रममा काेराेना देखिएकाे छ ।
पाल्पामा ५ सय ६१ जना कोरोना जितेर घर फर्किएका छन् भने तानसेनका एक महिला र पूर्वखाेलाका एक पुरुष गरी दुइजनाको मृत्यू भएको छ


प्रकाशित : २०७७ भदौ १३ गते १६:५३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology