नेपाल आइडल सिजन -३ को विजेता बनिन सज्जा चौलागाई

कन्दरा सम्बाददात
प्रकाशित : २०७७ भदौ १२ गते २२:२८

काठमाण्डौ – नेपाल आइडल सिजन-३ को विजेता सज्जा चौलागाईं बनेकी छिन् ।

फर्स्ट रनरअप प्रवीण बेडुवाल बने भने सेकेन्ड रनरअप किरणकुमार भुजेल बने । फाइनलमा सज्जा सँगै प्रवीण बेडवाल त किरण कुमार भुजेल पुगेका थिए ।

सज्जाले ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी छिन् । यसैगरी प्रवीणले १० लाख र किरणले पाँच लाख नगद प्राप्त गरेका छन् ।

आइडलका एक सदस्यमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाले आइडलको घोषणा गरेका थिए । उज्यालो बाट साभार


प्रकाशित : २०७७ भदौ १२ गते २२:२८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology