कुलमान प्रति आममानिसको आशक्त,सामाजिक सञ्जालमा अहिले छरपष्ट देख्न सकिन्छ । 

Kandara News
प्रकाशित : २०७७ भदौ ११ गते १:२९

एकाएक दोस्रो कार्यकालमा सरकारले नियुक्ति गर्ने प्रसंगलाई लिएर आम जनता कुलमान घिसिङप्रति कति आशक्त छन् भन्ने उदाहरण भाइरल भएको बधाईबाट पुष्टि हुन्छ ।  मंगलबार एकाएक सामाजिक सञ्जालमा कुलमान घिसिङलाई बधाईको ओइरो आयो मन्त्रिपरिषदले कुलमानलाई दोस्रो कार्यकालको लागि नियुक्त गरेको भन्दै उत्साहका साथ बधाइ दिन थाले मानिस । यद्यपि, यस विषयमा उर्जामन्त्रीले स्पष्ट पारिसकेका छन् । मन्त्रिपरिषदको बैठकमा यस्तो कुनै प्रस्ताव लगिएको थिएन । खैर जेहोस तर उनी आम मानिसको मन मष्तिस्कमा बसिसकेका छन् भन्ने गतिलो उदाहरण हो बधाइ दिन गरिएको हतारो ।

कलाकार सिताराम कट्टेल(धुर्मुस)ले पनि सामाजिक सञ्जालमा मन्त्रिपरिषदको निर्णय स्वागतयोग्य भन्दै बधाइ दिन भ्याए । यता डा.राम उप्रेतीले पनि राम्रो काम गर्दा जनताले माया गर्छन् भन्दै घिसिङलाई बधाई दिए ।  सामाजिक सञ्जालमै प्रकाश बस्नेतले पनि कुलमानलाई  अल्छी भन्दै ४ बर्षमा एक दिन पनि बत्ति काट्न जागर नगरेको भनेर लेखे ।
फेरि पनि यस्तै अल्छी गर्नु भन्दै उनले बधाई दिए ।                                                                                               यी त सामाजिक सञ्जालका प्रतिनिधि उदाहरण मात्र हुन् । कतिपयले गलत समाचार नै भएपनि सबैले बधाइ दिएपछि सरकारलाई एक प्रकारको दबाब महसुस हुने विश्लेषण गर्न थालेका छन् । केही व्यक्तिले त फोटोको फ्रेम नै बनाएर कुलमानको फोटो सहित तिमी छौ र त देश उज्यालो छ भन्दै प्रोफाइल बनाइरहेका छन् । कुलमान प्रतिको आममानिसको आशक्त सामाजिक सञ्जालमा अहिले छरपष्ट देख्न सकिन्छ ।


प्रकाशित : २०७७ भदौ ११ गते १:२९

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology