सलमान खानको हत्याका योजनाकार गिरफ्तार

Kandara News
प्रकाशित : २०७७ भदौ ४ गते ११:४०

बलिउड सुपरस्टार सलमान खानको हत्या गर्न षड्यन्त्र गर्ने एक व्यक्तिलाई प्रहरीले गिरफ्तार गरेको छ । सलमान खानको हत्याको योजना बनाएर यस वर्षको जनवरीमा राहुल उर्फ सांगा उर्फ बाबाले सलमानको निगरानी गर्दै थिए ।

भारतिय मिडियाका अनुसार पक्राउ परेका व्यत्तीले गिरोह बिश्रोईको पनि काम गर्ने गरेको खुलेको बताएको छ । प्रहरीले राहुललाई पक्राउ गरेपछि उनले यस भन्दा अगाडी छुट्टाछुट्टै ४ हत्याका घटनाहरु गरेको बुझिएको छ । उनले १०१९ मा एक व्यक्तिको हत्या, पञ्जाबमा मानोटमा हत्या त्यस्तै २०२० मा भिवानीको हत्या गरीसकेको प्रहरीले बताएको छ ।

प्रहरीले पक्राउ गरेपछि राहुलसँग सोधपुछ गर्दा बलिउड अभिनेता सलमान खानलाई मार्ने योजना रहेको बताएका थिए । उनले जनवरी देखि नै सलमानलाई मार्नका लागि उनको घरको सबै निगरानी राख्न सुरु गरेको बयान दिएका छन् । जुम टिभी इन्टरटेन्टमेन्टले लेखेको अनुसार क्रिमिनल राहुलले सलमान कहिले बाहिर जान्छन्, कहिले आउछन् उनको साथमा को रहन्छ । यसरी सबै जानकारी लिइरहेको प्रहरीलाई बताएका छन् ।

उनी मुम्बईबाट फर्कने बित्तिकै घरमा लकडाउन लगाएकोले सलमानको हत्या गर्न नसकिएको प्रहरीको बयानमा खुलाएका छन् । २०२० जुनमा राहुलले फरीदाबादको एसजिएम नगरमापनि हत्या गरीसकेका राहुलाई प्रहरीले उत्तराखण्डबाट गिरफ्तार गरेको हो ।


प्रकाशित : २०७७ भदौ ४ गते ११:४०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology