राष्ट्रिय झण्डा जलाउने समूहका थप ३ जना पक्राउ।

Kandara News
प्रकाशित : २०७७ भदौ ३ गते १८:४२

म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाउने समूहका थप ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
मंगलबारनै प्रहरीले १ जनालाई पक्राउ गरेको थियो भने योसँगै पक्राउ पर्नेको संख्या ४ पुगेको छ।पक्राउ परेका ४ जना व्यक्तिलाई अपराध महाशाखा टेकुमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

म्युजिक भिडियोमा साम्प्रदायिकता माथि नै खलल पुग्ने किसिमका भनाइहरू रहेकाले त्यसमा संलग्न सबैलाई कडा कारवाही गरिने र घटनामा संलग्न अन्य ६ जनाको पहिचान भैसकेको र खोजी जारी रहेको प्रहरीले जनाएको छ।

भिडियोका गायक गेल्जङ दोर्जे तामाङले सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणी पनि गरेको देखिएकाले त्यसबारे पनि प्रहरीले छानविन अघि बढाएको छ भने तामाङको म्युजिक भिडियो भदौ १ मा युट्युवमा अपलोड गरिएको थियो।

राष्ट्रिय झण्डा जलाएको दृश्य सहितको म्यूजिक भिडियो भने मकवानपुरको बागमति गाउँपालिका तीनस्थित सल्लेनीको विष्णु आधारभूत विद्यालयमा खिचिएको देखिएको छ।

 


प्रकाशित : २०७७ भदौ ३ गते १८:४२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology