” तितेपाती को तेल निकालेर आम्दानिमा जुटे स्थानिय “

कन्दरा सम्बादाता
प्रकाशित : २०७७ भदौ ३ गते १३:२७

तिनाउ गाउपालिका वडा नं. ३ झुम्सामा तितेपातीबाट तेल निकाल्ने कार्य सुरु भएको छ । स्थानीय जडिबुटी संरक्षण तथा उपयोग सहकारी संस्था लिमिटेडले उक्त कार्य सुरु गरेको हो ।प्रदेश नं. ५ का प्रदेशसभा सदस्य बसन्त घर्ती मगर र नारायणप्रसाद आचार्यले एक कार्यक्रमका बीच उक्त कार्यको उद्घाटन गरेका छन् । सो अवसरमा प्रदेशसभा सदस्यद्वय घर्ती र जीसी, तिनाउँ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले स्थानीय स्तरमा त्यसै फालिएको तितेपाती बेचेर स्थानीले राम्रो लाभ लिन सक्ने बिश्वास ब्यक्त गरे ।गाउँ ठाउँमा त्यसै फालिदै आएको तितेपातीलाई प्रशोधन गरी तेल निकाल्ने कार्य अगाडि बढेको सहकारी संस्थाका अध्यक्ष झपेन्द्रबहादुर जीसीले बताए । सहकारीले एक किलोग्राम तितेपातीलाई ८ रुपैँया मूल्य निर्धारण गरेको छ । पाँच क्वीन्टल तितेपाती बाट १ लिटर तेल निस्कन्छ । यस क्षेत्रका बासिन्दाले १ दिनमा सरदरमा २हजार ५ सय रुपैयाँसम्म आम्दानी लिन सक्नेछन् ।

हाल यो पुरानो प्रविधि भएकाले यसलाई आधुनिक प्रबिधीमा लैजाने तिनाउ गाँउपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले जडिबुटीबाटै समृद्धी आउने बताउनुभयो । बि सं २०५६ सालमा स्थापना भएको सहकारीले खेर गहिरहेको जडिबुटीलाई प्रयोगमा ल्याउने उद्धेश्यले तितेपातीबाट तेल निकाल्न सुरु गरिएको सहकारीका अध्यक्ष झपेन्द्र जिसीले बताउनुभयो । उक्त सहकारी मार्फत लेवन क्रास र बेसार समेत प्रशोधन हुदै आएको छ ।

पुरानो प्रविधि अन्र्तगत दाउरा बालेर पानी तताई बाफले तितेपातीको तेल निकाल्ने गरिएको छ । नयाँ मेसिनको मुल्य ५० लाख पर्ने भएकोले यो मेसिन किन्न सहयोगीको खाँचो रहेको अध्यक्ष जीसीले बताउनु भयो।


प्रकाशित : २०७७ भदौ ३ गते १३:२७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology