” सम्पन्न गर्ने मिति भन्दा पहिलेनै काम सम्पन गरे पछि स्थानिए खुसी “

बन्दना पोखरेल रामपुर पाल्पा
प्रकाशित : २०७७ भदौ ३ गते १३:२३

बर्दले फाटँ जल उपभोक्ता सस्थाको नहर निर्माण सम्पन्न पाचँ महिना पहिलानै सम्पन्न
रामपुर नगरपालिका वडा न १० गेझा मा रहेको बर्दले फाटँ सिचाई आयोजनाको काम सम्पन्न भएको छ । २०६६ साल जेठ१२ गते सम्झौता भई काम अगाडि बढाईएको थियो । प्रदेश ५ प्रदेश सरकारको ४ करोड ९३ लाखमा ठेक्का आवहान भए पछि केविसि विल्र्डस ईको ईन्जिनियरिङ्ग कम्पनी चितवनले ठेक्का पाएको हो । विल्र्डस कम्पनीले ३ करोड ९० लाखमा ठेक्का लिएको थियो । ठेक्का लिए सगँै काम सुरु गरको कम्पनीले सम्झौता भन्दा पहिला नै काम सम्पन्न गरेको छ ।

बर्दले फाटँ जल उपभोक्ता समितीका अध्यक्ष बैकुण्ठ खनालका अनुसार ६ किलो मिटर नहरमा अहिले साढे चार किलो मिटर सम्पन्न भएको छ । पानि जाने ५ वटा शाखामा ५ वटा ढोका निर्माण गरिएको छ । यो नहरले १सय ५ हेक्टर जमिन सिचाई हुने छ । उपभोक्ता रुद्र सेढाई भन्नु हुन्छ , २०४९ सालमा स्थानिय मिलेर झम्मा खोला बाट बाँध बाधि कुलो खनेर ल्याईएको हो । अहिले पक्कि नहर बने सगैँ पानि सहज रुपमा आउने भएको छ । विचमा पानि ढाडिएर खेतमा आईपुग्दा अति सानो हुने हिउदमा पानि लगाउन साह्रै गाह्रो हुने ठाउँठाउँमा पानि चुहिने समस्या रहेको मा अहिले निर्माण भएको जतिमा समस्या नरहने र यसको फाउन्डेसन मिलेको छ । जसले गर्दा मुहानको पानि खेत सम्म नै पुग्ने भन्दै खुशि व्यक्त गर्नु भएको छ । त्यस्तै अर्का कृषक भक्त बहादुर सिंजालि भन्नु भन्छ बाकिँ रहेको ठाउँमा पनि काम गर्न पाए अन्यन्त राम्रो हुने भन्दै प्रदेश सरकार सगँ माग गर्ने बताउनु भएको छ ।

४३२ घरधुरि उपभोक्ता रहेको बर्दले फाटँ सिचाई आयोजनामा ठेक्का बाट मात्र होईन स्थानियले श्रमदान समेत गरेका छन् । स्थानिय उपभोक्ता केदार राज पाण्डे भन्नु हुन्छ , प्राविधिक , सामाजिक र आर्थिक रुपमा आयाम पु¥याएको यस नहरमा जनताका तर्फवाट १५ लाख ४४ हजार ७ सय २४ बराबरको श्रमदान समेत भएको छ ।

सम्पन्न हुनु पर्ने मिति भन्दा करिव ५ महिना पहिला सम्पन्न भएको नहरका उपभोक्ता सुकमायाँ विक भन्नुहुन्छ , अव हिउदे बालि पनि सजिलो सगँ लगाउन सकिन्छ । यसबाट उत्पादन पनि बढ्छ हामि महिला जसले कृषि गरेर जिविकोपार्जन गरिरहेका छौँ खेतमा पानि लगाउन सहज भए सगँै आर्थिक रुपमा र सामाजिक रुपमा समेत समय मिलाउन सकीने बताउनु हुन्छ ।

यस बर्दले फाटँमा खालि र सुख्खा रहेका एव कुलो भए पनी आकासे पानिको भर पर्नु पर्ने वाध्यता टर्ने भएको छ । धान गहूँ मकै तरकारि लगाएतका बालि उत्पादन हुने यस समधर भुभागमा नहरको महत्व अत्यन्त बढि रहेको छ ।


प्रकाशित : २०७७ भदौ ३ गते १३:२३

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology