वैदेशिक रोजगारीको सिलसिलामा धेरै नेपालीहरु विदेशीएका छन्

धन बहादुर ठाडा
प्रकाशित : २०७७ भदौ ३ गते ६:०२

निस्दी, पाल्पा – वैदेशिक रोजगारीको सिलसिलामा धेरै नेपालीहरु विदेशीएका छन् । धेरै जना त नेपालमा रोजगार नपाएर बाध्यताले गएका छन भने कोहि रहरले पनि होला। तर सबै विदेशीएकाहरुको अवस्था भने एउटै छैन ।

कसैको लाश आउँछ त कोही अशक्त र अपांग भएर फर्किन्छन। तर पनि विदेश जानेहरुको संख्या अझै घटेका छैनन। यस्ता कयौं उदाहरणहरुमध्ये पाल्पाका २८ वर्षीय एकजना युवाको पनि यस्तै हाल भएको छ ।

जिल्लाको निस्दी गाउँपालिका वडा नम्बर ४ मित्याल, भोर्माका हस्त बहादुर खाम्चा धन कमाउने आशले विदेश पसेका थिए तर पुर्ण अशक्त भएर घर फर्केका छन। खाम्चा विगत आठ वर्ष अगाडि २०६९ सालमा साउदी जानुभएको थियो । त्यहाँ ३ वर्ष काम गरेर केही पैसा कमाएर घर फर्किनुभयो । ३ महिना जत्ति घर बसेर पुनः उहीँ कम्पनीमै काम गर्न भनी जानुभयोखाम्चाले साउदी स्थित एउटा वर्कशपमा काम गर्नुहुन्थ्यो । एकदिन वर्कशपमा गाडी मर्मत गरिरहेको बेला एक्कासि सोही गाडी सर्केर झर्दा आफुमाथि परेको खाम्चा बताउनुहुन्छ , शरीरको कम्मर मुनीका भागले थाहै पाएन ।

कम्पनीले साउदी स्थित रियाद केयर हस्पिटलमा उपचार गर्न लागे । करिबकरिब ६ महिना हस्पिटलमै बिताउनुभयाे। अन्तमा भिषाको म्याद सकिन लागेपछि कम्पनीले नेपाल पठाएको खाम्चाले बताउनुभयो । नेपाल आएर ललितपुर स्थित स्पाइनल इन्जरी पुनर्स्थापना केन्द्रमा करिब २ महिनाको उपचार पछि घर आएको खाम्चा बताउनुहुन्छ, घरमा आएर धेरै आफन्त, साथीभाइहरु भेटन आए ।

कसरी यस्तो भयो, किन यस्तो भयो भनेर आँशुमा आँशु थपेर साथ दिए तर मेरो शारीरिक अवस्था हालसम्म पनि यस्तै रहेको छ। खाम्चालाई घर आएपछि जनप्रतिनिधि, राजनैतिक पार्टी, संघसंस्था, समाजसेवी धेरै जना भेटन आए तर प्रत्यक्ष रूपमा कसैले सहयोग गरेको छैन । नेपालीहरु कोहि कसैले सहयोग नगरे पनि जापानीज समाजसेवी काजुमासा काकिमी (ओके बाजेले) भने २ वर्षको लागि केहि व्यावसायिक काम गर भनेर ५० हजार रुपैया दिएको खाम्चा बताउनुहुन्छ।

गतवर्ष फागुनमा निस्दी गाउँपालिका पाल्पाले अपांगता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण गरेको थियो । खाम्चालाई रातो परिचयपत्र पाउने ठूलो आश रहेको तर पालिकाले निलो मात्रै बनाइ दिएकोमा गुनासो रहेको बताउनुहुन्छ। अहिले पनि खाम्चाको कम्मरभन्दा मुनीको कुनै अंगले काम गर्दैन । शौचालय जान आउन परिवारको साथ चाहिन्छ। ह्वीलचियरको सहायताले मात्रै कोठा भित्रबाहिर गर्नुहुन्छ ।

खाम्चाको परिवारमा बाबा, आमा, श्रीमती र एउटी छोरी अनि भाइबुहारी रहेका छन। उनको परिवारका सबैले उत्तिकै माया र सहयोग गर्नुहुन्छ । विशेषगरी श्रीमतीको ठुलो माया, हौसला अनि साथ पाएर आफू खुसी रहेको खाम्चा बताउनुहुन्छ। हाम्रो पनि खाम्चालाई धेरै माया अनि शिघ्र स्वास्थ्


प्रकाशित : २०७७ भदौ ३ गते ६:०२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology