३ महिने हाेजियारी तालिम समापन तथा सहभागीलाई प्रमाणपत्र वितरण कार्यक्रम कसेनी दमारमा सम्पन्न

माया बस्याल माथागडी
प्रकाशित : २०७७ भदौ ३ गते ५:५२

माथागढी गाउँपालिका वडा नम्बर ३ कसेनी दमारमा ३ महिने हाेजियारी तालिम सम्पन्न भएको छ । तालिम गत ३ महिना देखि चलेको थियो । तालिम गाउँपालिकाकाे सहयोग तथा उद्ममशिल सीप विकास केन्द्र नेपाल कसेनीकाे अायाेजनामा चलेको हाे । तालिम केन्द्रका संयाेजक विरविक्रम सुनारले कार्यक्रमका अवसरमा बाेल्दै घरमा खाली समय विताएका महिलाहरुलाई सीप सिकाइ अात्मनिर्भर बनाउने उद्देश्यले याे तालिम सञ्चालन गरिएको गएको बर्षकाे तालिमले धेरै महिलाहरु अात्मनिर्भर भएको र हाेजियारी उद्योग नै खाेलेर बसेकाे मा थप परिमार्जन गरि दक्षजनशक्ति धेरै उत्पादन गर्ने उद्देश्यले याे तालिम सञ्चालन गरिएकाे हाे उहाँका अनुसार तालिम २२ जना प्रशिक्षार्थीकाे सहभागीतामा सञ्चालन गरिएको समेत जानकारी गराउनु भएकाे छ । कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराईले तालिम धेरै चले तर त्यो व्यवहारिक हुन सकेको थिएन तर याे संस्था स्थापना भए बाट महिला हरु अात्मनिर्भर हुदै गएको र केही महिलाले यी उत्पादनका काममा सहभागी भई उत्पादन गर्दा अब महिला पनि केही बन्न सक्ने कुरामा अाफु पूर्ण विश्वासरत भएको कुरा जानकारी गराउनु भयो साथै पालिका बाट गर्नु पर्ने सहयोग सबै गर्ने समेत प्रतिबद्धता जनाउनु भएको छ ।

समापन कार्यक्रममा सहयोगी संस्थाका तर्फबाट बाेल्दै स्मार्ट नेपाल पाल्पाका अध्यक्ष सागर पाेखरेलले यसरी महिलाहरु लगनशील भए र काम गरेको देखेर सहयोग गरेको साथै थप सहयोग समेत गर्ने र महिलाहरु लगनशील भएर हरेक कामलाई पूर्णता दिने हुदा अाफुले समेत विशेष यस संस्थालाई सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ । अतिथि कार्यपालिका सदस्य तारा रसाइली , दिव्य ज्याेति प्र अ नारायण प्रसाद अधिकारी ,srdcn सहजकर्ता माेतिसरा राना प्रशिक्षक माया सारु लगाएत कार्यक्रममा उपस्थिति अतिथि हरुले अब महिलाहरु अगाडि बढ्ने र अात्मनिर्भर बन्ने कुरामा कुनैपनि दुईमत नरहेको कुरा जानकारी सहित शुभकामना समेत दिनु भएको थियो । कार्यक्रममा ३ महिना सम्म घामपानी नभनी निरन्तर रुपमा सहभागी भएर तालिममा सहभागी २२ जना प्रशिक्षार्थीलाई सम्मानपूर्वक प्रमाणपत्र सहित टीका समेत लगाएर प्रमुख अतिथि बाट सम्मान गरिएको थियो भने । कार्यक्रम संस्थाका अध्यक्ष नरमति चिदिकाे अध्यक्षता तथा व्यवस्थापक लालुमाया घर्ती मगरको सञ्चालनमा सम्पन्न भएको हाे ।


प्रकाशित : २०७७ भदौ ३ गते ५:५२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology