“रम्भाको रम्भा देवि मन्दिर र यसले बोकेको पर्यटकिय र धार्मिक महत्तो “

सुरेश देवकोटा, रम्भा पाल्पा
प्रकाशित : २०७७ भदौ ३ गते ५:४८

पाल्पा जिल्लाको रम्भा गाउपालिका -५ ताहु बजार बाट करिब ३ किलोमिटर हिडेपछी जंगलको बिचमा अबस्थित रम्भा पानी नाम बाट परिचित छ यस मन्दिरमा पुजा आजा र आफ्नो मनोकामना पूरा गर्न भाकल गर्ने गर्दछ्न ।

यस मन्दिरको कसरी रम्भा रहन गयो भन्ने विषयमा राम र सीता बनबाँस बस्दा खेरी नेपालको भुमी हरुमा पुगेको हुदा राम ले रम्भा गाउँपालिका -५ ताहु पाल्पाको हाल रम्भा मदिर रहेको स्थानमा धनुष बाड हानेर पानी झिकेको हुदा त्यसलाइ रमा पानी भन्दै गएर पछी रम्भा पानी रहन गएको भन्नाइ छ ।साथै एक ऋषिले तपस्या गर्दा सपनामा ” म रम्भा देवि हु यहाँ मेराे शिला छ त्यसलाई दैनिक पुजा अाराधना गरेउ भने तिम्राे र सबैकाे भलाे हुने छ ” भनेर आग्रह गरे संगै यसको नाम रम्भा पानी रहन गएको भन्ने भनाइ छ ।

यस मन्दिरमा पहिला शिलामा पुजा पाठ गर्ने गरेको र विक्रम संम्बद १९५८ मा पहिलो पटक मुर्ती स्थापना गरेको र साथै रुद्र समशेरले यस मन्दिरको लागि मुकुट र गहना हस्तान्त्रण गरेका थिए । पछि मन्दिर व्यवस्थापना गर्न हरि पाण्डे र उसको परिवारले मन्दिर को नयाँ संरचना साथै पौवा स्थापना गरिदियका थिए यस मन्दिरमा कृष्णाजन्म अस्टमी , पूर्णिमाहरुमा अरु बेला भन्दा बडि भत्तजन हरुको घुइचो लाग्ने गर्दछ । रम्भा मन्दिर को लागि पाल्पाको पूर्वखोला , रामपुर नगरपालिका , रम्भा गाउपालिका , माथागडी गाउँ पालिका , लगायत छिमेकि जिल्ला स्याङ्जा , रूपन्देही , नवलपरासी , कपिलवस्तु सथै देशका विभिन्न ठाउँ हरुबाट दर्शन गर्न आउने गर्दछन । यहाँ कृष्णअष्टमी को दिने ठूलो मेला लाग्ने गर्दछ । मन्दिरमा औंषी , एकादशी , रामन्वामी , बौद्ध जयन्ती , श्रावण महिनाको १ गते देखि १५ गते यस मन्दिरमा बलि चडाइन्न यस मन्दिरमा पञ्चबली बलि दिने र प्राय: व्यत्ती ले बोका को बलि चढाउने गर्दछ्न भने परेवा उढाइन्छ ।

यस मन्दिरमा चढाइयको पहिलो मुर्ती चोरी भए पछि पोछी चढाइको मुर्तिलाइ अहिले बिहान ढाकरमा बोकेर मुर्ती बिहान मन्दिरमा लैजाने र साझ पुन ढाकरमा राखेर बोकेर पुजारिको घरमा लैजाने गरेको मन्दिरका पुजारी प्रेम पाण्डेले जानकरी गराउनु भयो । मन्दिर मा चढाइने दान दक्षिणा बाट नै दुई पन्नित हरुलाइ पारिश्रमामिक र मन्दिर को पुजा आजाको समान जोह गर्ने गरेको उहाले वताउनु भयो ।

यस मन्दिरलाई नेपालकको पर्यटकिय १०० सुचि भित्र परेकोले यस मन्दिरलाइ पर्यटन मन्त्रालय बाट बजेट परेको ले त्यस बाट पुझारी घर निर्णमाण खर्च गरेको र रेलिङ र बाटोको काम गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विनोद श्रेस्ठले जानकारी गराउनु भयो । उहाले यश मन्दिरको लागि बन , सरसफाइ समिती रहेको र यश बाट काम भेएको उहाले बताउनु भयो ।सरसफाइको लागि २ जना कर्यरत हुनुहुन्छ उहाँ हरुको पारिश्रमिक हरि पाण्डे मार्फत सरसफाइ समितिको रोहोबरमा भै रहेको उहाले जानकारी गराउनु भयो ।

पर्यटकिय र धार्मिक रुपले परिचित यश मन्दिर जान बाटो सहज नरहेको भत्त जन हरुको जन गुनासो आइरहेको समयम मन्दिर सम्म बाटो सहज भए पर्यटकिय र धार्मिक हिसाबले अझ अगाडि बड्न मद्त हुने थियो ।


प्रकाशित : २०७७ भदौ ३ गते ५:४८

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology