माघेसकराँतीमा दुई दिन सार्वजनिक बिदा

अमृत काम्मु मगर
प्रकाशित : २०७७ पुष २६ गते १९:१६

बुटवल,२६ पौष
लुम्बिनी प्रदेश सरकारले माघेसकराँतीको अवसरमा दुई दिन विदा दिएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज जारी सुचनामा माघे सकराँती तथा माघी पर्वको अवसरमा आगामी माघ १ र २ गते लुम्बिनी प्रदेशभर सार्वजनिक विदा दिईएको उल्लेख छ । माघ १ गतेलाई मगर समुदायले माघेसकराँती पर्वको रुपमा र थारु समुदायले माघी पर्वको रुपमा धुमधामसंग मनाउने चलन छ । त्यसबाहेक अन्य समुदायले पनि घ्यु,तरुल,चाकु लगायतका खानेकुराहरु खाएर माघेसकराँती पर्व मनाउने गर्दछन । माघेसकराँतीमा पाल्पा,स्याङ्जा र गुल्मी जिल्लाको संगम कालीगण्डकी रिडी क्षेत्रमा ठूलो मेला लाग्ने गर्दछ ।


प्रकाशित : २०७७ पुष २६ गते १९:१६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology