पूर्वखोला गाउँपालिकाले ८० वर्ष माथिका जेष्ठ नागरिक र पूर्ण अपाङ्गता भएका व्यक्तिहरुको घरमै पुगेर गर्यो स्वास्थ्य परिक्षण

िडल्ली राज पंगेनी
प्रकाशित : २०७७ पुष २४ गते २०:०६

पूर्वखोला २४,

पूर्वखोला गाउँपालिका पाल्पाले ८० वर्ष माथिका वृद्ध तथारातो कार्ड वाला अपाङ्गता भएका व्यत्तिहरुको भरमै पुगेर स्वास्थ्य परिक्षण साथै कम्वल वितरण गरेको छ । पूर्वखोलाको सिलुवामा ५९ जना जेष्ठ नागरिक र १० जना रातो कार्ड वाला अपाङ्गता भएका व्यक्ति , जल्पामा जेष्ठ नागरिक ५२ र रातो कार्ड वाला अपाङ्ता भएका व्यक्ति ७ जना रिङ्नेहमा जेष्ठ नागरिक ३६ र रातो कार्ड वाला अपाङ्गता भएका व्यक्ति १ जना देवीनगर जेष्ठ नागरिक ४३ जना र रातो कार्ड वाला अपाङ्ता भएका व्यक्ति ३ जना , वीरकोटमा जेष्ठ नागरिक ५७ जना र रातो कार्ड वाला अपाङ्गता भएका व्यक्ति २ जना हेक्लाङ्गमा जेष्ठ नागरिक २३ जना र रातो कार्ड वाला अपाङ्गता भएका व्यक्ति ८ जनाको स्वास्थ्य अवस्था ( तथ्याङ् २०७६÷२०७७ अनुसार केहि सङख्या हाल थप भएकाे ) वुझन्न प्रत्येकको भरमा स्वास्थ्यक्रर्मी पुगेर आवश्यक परामर्श दिने अनुरुप घर घरमा पुगेको वताउनु हुन्छ पूर्वखोला गाउँपालिका स्वास्थ्य संयोजक मोहन ढकाल ।
पूर्वखोला रिङ्नेरह स्वास्थ्य चैकिका प्रमुख श्रीराज आचार्य वृद्धको घर घरमा पुगेर स्वास्थ्य परिक्षण सकिएको कन्दारा न्यूज लाई वताउनु भयो । आचार्यले ३७ जनाको घर परिवारमा पुगेर स्वास्थ्य अवस्था वुझेको वताउनु भयो । ५० प्रतिशतले औषधि प्रयोग गरेको र ५० प्रतिशतले अहिले सम्म कुनै प्रकारको अ‍ैषधि प्रयोग नगेको वताउनु भयो । व्यतिगत सरसफाईमा घरपरिवारको राम्रो सहयोग रहेको वताउनु उहाँले भयो । व्यक्तिगत सरसफाइमा भने महिलाको भन्दा पुरुषले ध्यान दिएको पाईएका अ स्वास्थ्य चौकि प्रमुख आचार्य बताउनु भयो । पूर्वखोलाले बार्षिक रुपमा ८० बर्ष माथिका वृद्धिहरुको स्वास्थ्य परिक्षण गरेको छ ।
स्वास्थ्य परिक्षण गर्न आउदा आफुहरु हर्षित हुदै जेष्ठ नागरीकहरुले तथा परिवारले खुशि व्यत्त गर्नु भयो ।


प्रकाशित : २०७७ पुष २४ गते २०:०६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology