च्याउ खेतीबाट आम्दानी लिँदै वीरकोट मौलाथरका महिलाहरु

अमृत काम्मु मगर/डिल्लीराज पंगेनी
प्रकाशित : २०७७ मंसिर २६ गते १८:४४

पाल्पा,वीरकोट

मंसिर २६

पूर्वखोला गाउँपालिका-५, वीरकोट, मौलाथरका महिलाहरुले च्याउखेतीबाट मनग्ये आम्दानी गर्न थालेका छन ।
गत आर्थिक वर्ष २०७६/७७ मा पुर्वखोला गाउँपालिकाको पचास हजार आर्थिक अनुदान तथा प्राविधिक सहयोगमा च्याउ खेती शुरु गरिएको देउराली महिला कृषि समूहकी अध्यक्ष बसन्ती दर्लामीले बताउनुभयो । अहिले दुईवटा टनेलमा गरि करिब ५७५ वटा मुढामा सिटाके प्रजातिको च्याउ उत्पादन भईरहेको समूहका सल्लाहकार कुल बहादुर सिंजालीले बताउनुभयो । हालसम्म करिब १ लाख रुपैयाँ बराबरको च्याउ बिक्री भईसकेको समेत सिंजालीले बताउनुभयो । यहाँबाट उत्पादित च्याउ रामपुर, पूर्वखोला, ताहुँ लगायतका छिमेकी बजारहरुमा बिक्री भईरहेको छ । प्रतिकिलो ५ सयका दरले खुद्रा बिक्री गरिएको च्याउलाई थोक मुल्यमा खरिद गर्नेहरुलाई भने ४ सय रुपैयाँमा दिईएको सल्लाहकार सिंजालीले बताउनुभयो । अब चाँडै नै एक हजार मुढामा च्याउ खेती बिस्तार गर्न लागिएको पनि सिंजाली बताउनुभयो ।


प्रकाशित : २०७७ मंसिर २६ गते १८:४४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology