रामपुरमा एकजना मृत अवस्थामा फेला

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०७७ मंसिर ८ गते १०:२५

पाल्पा,रामपुर
मंसिर ८
रामपुर नगरपालिका वडा नं.७,किसानबारी, पाल्पामा एक युवक मृत अवस्थामा फेला परेका छन । रामपुर नगरपालिका वडा नं.७ किसानबारी बस्ने अन्दाजी २२ बर्षीय भारतीय सेनामा कार्यरत जीवन राना रामपुर-७,किसानबारी,साइफन भन्दा ३०० मिटर पर मृत अवस्थामा भेटिएका हुन । लु ५० प ६२१ नम्बरको स्कुटर सहित सडक छेउको नालीमा मृत अवस्थामा भेटिएको ईलाका प्रहरी कार्यालय रामपुर पाल्पाले जनाएको छ । घटना गएको रातिमा भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : २०७७ मंसिर ८ गते १०:२५

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology