कसेनीमा कृषकहरुलाई लोकल चल्ला वितरण

माया बस्याल
प्रकाशित : २०७७ मंसिर ७ गते १६:०८

मंसिर ७ गते
माथागढी गाउँपलिका वडा नम्बर ३ कसेनीले मागमा आधारित कार्यक्रम अनुसार कृषकको मागलाई मध्यनजर गर्दै ३५ सय लाेकल कुखुराको चल्ला वितरण गरेकाे छ ।
गत वर्षहरुमा पनि वडा कार्यालय मार्फत वितरण गरिएका कुखुराले कृषकलाई राम्रै आम्दानी भएपछि पुनः कृषकको मागलाई मध्यनजर गरि कुखुरा वितरण गरिएको वडा अध्यक्ष दिपक थापाले बताउनुभयो । थापाका अनुसार अहिले १३६ जना कृषकलाई ४५ ओटाका दरले ५०% अनुदानमा चल्ला वितरण गरिएको हाे ।
चल्ला प्राप्त गर्ने कृषक मध्येका एक लक्ष्मी घर्ती भन्नुहुन्छ-“वडाले ५०% अनुदानमा कुखुरा दिँदा ठिक गरेजस्तो लाग्छ मलाई,किनकि सबै अनुदानमा पाउँदा त्यसै ल्याएको जस्तो हुने रहेछ र चल्ला मरेपनि बाचे पनि केही वास्ता नहुने तर यसरी ५०% अनुदानमा कुखुरा दिँदा भने आम्दानी कति,खर्च कति हुन्छ सबै जाेडेर राख्छु र आफ्नाे समुहमा किस्ता तिर्न समेत पुर्याएकी छु। मैले पहिले वडा बाट लगेको खुकुरा पनि राम्रो भएको थियो ।” त्यसैगरी अर्का कृषक शाेभा नेपाली पनि आफुले धेरै पटक फारम त भरेको तर वडा बाट पहिलाे पटक यसरी कुखुरा परेको मा खुशी हुँदै आफुले पाएका कुखुराहरुकाे राम्रो स्याहार गरि आफ्नाे आम्दानी बढाउने विचार व्यक्त गर्नुहुन्छ ।


प्रकाशित : २०७७ मंसिर ७ गते १६:०८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology