जिल्ला प्रहरी कार्यालय पाल्पाको अनुगमन तथा निरीक्षण

कन्दरा सम्वाददाता ,संजय पहारी
प्रकाशित : २०७७ कार्तिक २८ गते ८:२७

पाल्पा,२८-कार्तिक।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका(प्र.ब.उ)प्रहरी वरिष्ठ उपरीक्षक राज कुमार बैदवारले जिल्ला प्रहरी कार्यालय पाल्पाको बिहिवार निरीक्षण तथा अनुगमन गर्नुभएको छ।

बैदवारले शाखाको अनुगमन गर्दै कार्यालयको सम्पुर्ण शाखाहरुको निरीक्षण गरी कोरोना भाइरसको अवस्थामा सुरक्षात्मक विधी अपनाई सुरक्षित रही शान्ती सुरक्षा, अमनचयन र अपराध अनुसन्धान तथा नियन्त्रणमा उच्च मनोवल राखी अनुशासित एवं लगनशिल भई अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न निर्देशन दिनुभएको छ।


प्रकाशित : २०७७ कार्तिक २८ गते ८:२७

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology