मंसिर-२ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

कन्दरा सम्वाददाता ,संजय पहारी
प्रकाशित : २०७७ कार्तिक २६ गते १६:३७

 

पाल्पा,२६-कार्तिक।
सरकारले मंसिर २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृहमन्त्रालयले बुधबार एक सूचना जारी गर्दै मंसिर २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको गृहका प्रवक्ता सहचक्र बहादुर बुढाले जानकारी दिए भने उनका अनुसार किजा पूजाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको र उक्त दिन सरकारी कार्यालय पनि बन्द रहने छ।

भाइटिकाको भोलिपल्ट नेवाःसमुदायले किजा पूजा अर्थात् भाइ पूजा मनाउने गर्छन भने यसवर्ष मंसिर १ गते भाइटिकाको दिन परेको छ।


प्रकाशित : २०७७ कार्तिक २६ गते १६:३७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology