चार्डपर्व नजिकै गर्दा माथागढी गाउँपालेकाले गर्यो बजार अनुगमन

मायाँ बस्याल
प्रकाशित : २०७७ कार्तिक २४ गते २०:५५

२४ गते , चाडपर्व नजिकिदै गर्दा उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै माथागढी गाउँपालिकाले बजार अनुगमन सुरु गरेको छ । जसमध्ये माथागढी गाउँपालिका भित्र का गाेठादी ,झडेवा,देवगिर, देउराली फेदि गरि विभिन्न बजार क्षेत्रका पसल अनुगमन गर्दा धेरै भन्दा धेरै समय नागेकामा पिय प्रदार्थ , चकलेट , चिजबल जस्ता खाद्यान्न भेटिएको र उक्त खाद्यान्न संकलन गरिएको र् उक्त खाद्यान्नलाई नष्ट गरिएकाे छ बजारमा भेटिएका अखाद्य बस्तुले दिर्घ राेगी र बालबालिकालाई बढी असरगर्ने हुनाले यस्तो कदम चालिएको भन्दै माथागढी कार्यपालिका कार्यकारी अधिकृत राजु नेपालले व्यापार व्यवसाय गर्न सबैलाई छुट भएको तर समुदायका व्यक्तिको स्वास्थ्यमा खेलवाड नगर्नुहुन अनुरोध समेत गर्नु भएको छ । बजार अनुगमनमा उद्योग वाणिज्य संघ, स्थानीय प्रहरी, जनप्रतिनिधि , कार्यपालिका कर्मचारी ,पत्रकार लगाएतकाे उपस्थिति रहेको थियो । अनुगमन कार्यलाई पूर्णता दिन साथ दिनुहुने सबैलाई धन्यवाद दिदै अनुगमनले सकारात्मक साेचकाे विकास गर्ने कुरा अनुगमन कार्यका प्रमुख तथा गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराईले जानकारी गराउनु भएको छ ।


प्रकाशित : २०७७ कार्तिक २४ गते २०:५५

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology