पूर्वखोला पालिका प्रवेश गर्न ७२ घण्टा भित्रको पिसिआर बुझाउनु पर्ने , स्थानिएले भने सुचना सुचनामा मात्र सिमित रह्यो

Kandara News
प्रकाशित : २०७७ कार्तिक १४ गते २१:३२

पूर्वखोला गाउँपालिकाले जिल्ला बाहिर भारत तथा विदेश बाट पालिका भित्रने प्रत्येक नागरिकलाई पीसीआर परीक्षण गराएर मात्र गाउँपालिकाभित्र प्रवेश गर्न दिने भएको छ ।

बडादशैं लगत्तै गाउँपालिकामा कोरोना संक्रमणको दर बढ्ने स्थिति देखेपछि गाउँपालिकाले आज यस्तो सूचना जारी गरेको हो । पूर्वखोला गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहन ढकाललेको हस्ताक्षण गरेको सुचनामा ७२ घण्टाभित्रको अनिवार्य पीसीआर रिपोर्ट र स्वास्थ्य मापदण्ड पालना गरेर आउने नागरिकालाई गाउँपालिका प्रवेश गर्न दिने सुचना सार्वजनिक गरेको छ गाउँपालिकाले जनप्रतिनिधि, शिक्षक, कर्मचारी तथा सर्वसाधारण सबैलाई पीसीआर रिपोर्ट लागू हुने गरी सार्वजनिक महत्वको सूचना जारी गरेको छ ।

सार्वजनिक महत्वको सूचनाको उल्लंघन गर्ने र स्वास्थ्य मापदण्ड पालना नगरेका व्यक्तिलाई अनिवार्य रुपमा १४ दिन क्वारेन्टाइन बस्नुपर्ने गाउँपालिकाले व्यवस्था गरेको छ । सुचनामा अवज्ञा गरे संक्रमण रोग ऐन २०२० वमोजिम कारवाहीका लागि सिफारिश गर्ने उल्लेख छ ।

पूर्वखोला गाउपालिका असोज ३० गते देखि कार्तिक १४ गते सम्म पालिका शिलको सुचना गरेपनी सुचना सुचनामा मात्र सिमित रहेको स्थानीयहरु गुनासो गरेका छन ।


प्रकाशित : २०७७ कार्तिक १४ गते २१:३२

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology