विजयादशमी र टीका जमरा को महत्त्व

Kandara News
प्रकाशित : २०७७ कार्तिक १ गते १७:३३

विजया दशमी 
भनेको विजय गर्ने हो । तर शत्रुमाथिको विजय होइन, आँफैमाथिको विजय हो । आफूभित्रका दुर्गुणहरुलाई नाश गर्ने हो । क्रोध र मोहलाई नाश गर्ने हो ।
दशै
असोज शुक्ल प्रतिपदादेखि दशमीसम्म
१० दिन पूजापाठ, ब्रतसाथ मनाइन्छ,
यो पर्व । घटस्थापनामा जमरा राखी नवमीसम्म दुर्गा सप्तसती चण्डी पाठ गरी नवदुर्गा र शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजासहित प्रसादका रुपमा टीका र जमरा ग्रहण गरिन्छ।

लेखक नारायण आचार्य लेखक ज्योतिष बिज्ञानका

विध्यार्थी

दशैंको महत्व

असत्यमाथि सत्यको जित हुन्छ भन्ने मनो-सामाजिक सन्देश बोकेको यो चाडको आफ्नै विशिष्ट महत्व छ । धार्मिक, सामाजिक, आर्थिक, सांस्कृतिक जुनसुकै कोणबाट दशैंको महिमा गाउन सकिन्छ ।

वर्षदिनमा आफन्त, इष्टमित्रबीच सौहाद्रपूर्ण सम्बन्ध स्थापित गर्ने मेलो हो यो । दशैंले ठूलाबडा, मान्यजनप्रति श्रद्धाभाव राख्नुपर्छ भन्ने सिकाउँछ । यतिबेला दुर्गा पूजा गरिन्छ । दुर्गा शक्तिकी प्रतिक । हामीकहाँ तिहारमा लक्ष्मी अर्थात् धनकी देवी, सरस्वती पूजा अर्थात् विद्याकी देवी र दशैंमा दुर्गाको पूजा गरिन्छ । वास्तवमा, यी तीन कुरा अर्थात् शक्ति, विद्या र धन हाम्रो जीवनका लागि महत्वपूर्ण हुन्छन्

टीका
दशैंमा मान्यजनबाट आशिर्वाद लिन निधारमा टीका थाप्ने गरिन्छ । रातो र सेतो अक्षताको टीका लगाउने चलन छ । टीकालाई चेतनासँग जोडेर पनि हेर्ने गरिन्छ । साथै, रातो र सेतो शान्ति एवं समृद्धिका प्रतीक हुन् । यसले मस्तिष्क, मन र बिचारलाई शुद्ध तुल्याउँछ।
जमरा
जमरा घटस्थापनाको दिन राखिन्छ । यसको आफ्नै विधि छ ।
अँध्यारो स्थान, जहाँ सूर्यको प्रकास आउँदैन, त्यहाँ शुद्ध माटोमा जौ छरेर जमरा उमारिन्छ । धर्मशास्त्रहरुले यसलाई समृद्धिको प्रतीक मानिएका छन्
पुरूषलाई टीका लगाईदिदा भन्ने मन्त्र


आयू द्रोण सुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे
ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दूर्योधने ।।
सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।

यसको अर्थ


द्रोण पुत्र अस्वत्थामाको जस्तो आयू होस्, राजा दशरथको जस्तो कृति होस्, रामको जस्तो अजात सत्रुत्व हरणको क्षमता होस्, राजा नहुषको जस्तो ऐश्वर्य होस्, वायुको जस्तो गति होस्, दूर्योधनको जस्तो मान होस् ।।
सूर्य पुत्र झै दानी होस्, भीमको जस्तो धवल होस्, युधिष्ठिर जस्तो सत्यवान होस्, विदूरको जस्तो ज्ञान होस्, नारायणको जस्तो कृति होओस् ।

महिलालाई टीका लगाईदिदा भन्ने मन्त्र

जयन्ती मङ्गलाकाली,
भद्रकाली कपालिनी।
दुर्गा क्षमा शिवाधात्री,
स्वाहा स्वधा नमोऽस्तुते।

यसको अर्थ

अर्थात्ः ति देवी जस्ले सम्पूर्ण संसारलाईनै विजय गर्न सक्ने सार्मथ्य राख्दछिन, जो हरेक अन्धकारको निदान गर्न सक्दछिन, समयको पाबन्दिभन्दा पर रहेकी ति देवी जो मानव खप्परको माला लगाउँदछिन अनि हरेक प्रकारका दुखःको निदान गर्न सक्दछिन् । यो जगतको रक्षा गर्ने हे देवी! यो तिम्रो भक्तले चढाएको भक्तिलाई स्वीकार गर, हामी तिमीलाई नमन गर्दछौं ।

यी शुभाशिषहरुमा व्याख्या भए झै हामीले सकारात्मक बाटो पछ्याउँदै उत्तरोत्तर प्रगति गर्नसकाैं । सत्य बोल्न, सत्कर्म गर्न, आदर-सम्मान गर्न कहिले नचुकौं, सम्पूर्णमा विजयादशमीको टिका, जमरा र आशिषले जीवनमा उर्जा भरोस्, सफलताका अायामहरू थपिंदै जाउन् । विजयादशमीको धेरै धेरै शुभकामना । टीकाको दिनमा बनेका हरेक दैलो अनि संघार भित्रका अक्षताहरुमा लक्षिन बसोस्, आशिष दिने मुखमा सरस्वती बसुन् अनि तपाँई सबैका अनुहारमा हर्षका धागाहरु बसुन् सम्पुर्ण मा विजया दशमी को हार्दिक शुभकामना ।


प्रकाशित : २०७७ कार्तिक १ गते १७:३३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology