विरकोटमा ओके बाजे द्धारा राहात वितरण

सिमा श्रेष्ठ
प्रकाशित : २०७७ असोज १४ गते १५:१७

असोज १४
जापानी समाजसेवी काजुमासा काकिमी (ओकेबाजे)द्वारा विरकोटका ६० जना निम्नवर्गीय परिवारलाई सहयोग गर्नुभएको छ ।
पूर्बखोला गा.पा.५,साविक विरकोट गाविस अन्तर्गत ९ वटै वडाका ६० घर निम्न वर्गीय परिवारबाट प्रति घर एक व्यक्तिका दरले आफु हिड्ने बाटो ४ दिनसम्म मर्मत गर्न लगाइ १/१ क्विन्टल चामल,दाल,तेल,सोयाबिन,नुन,साबुन गरि प्रति व्यक्ति पाँचहजार रुपैयाँ बराबरको खाद्यान्न वितरण गर्नुभएको हो । यत्तिकै सहयोग बाँड्नु भन्दा केही सामाजिक काम गराएर राहत दिँदा त्यसको महत्त्व बढ्ने कुरा ओके बाजेले बताउनुभयो ।
राहात पाउने बासिन्दाहरुले खुशी हुँदै ओके बाजेलाई धन्यवाद दिएका थिए ।


प्रकाशित : २०७७ असोज १४ गते १५:१७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology