अविरल बर्षाका कारण जिल्लाका बिभिन्न स्थानहरुमा पहिरो

Kandara News
प्रकाशित : २०७७ असोज ८ गते १०:४८

पाल्पा । अविरल बर्षाका कारण जिल्लाका बिभिन्न स्थानहरुमा पहिरो गयको छ । रम्भा गाउँपालिका–२, फोक्सिङकोटमा पहिरोले बगाउँदा ५ जना बेपत्ता भएका छन् । फोक्सिङकोट बेलौजाका हुमबहादुर गाहा र मन बहादुर गाहाको घर पहिरोले पुरिएको छ।

हुमबहादुर गाहाको परिवारमा सुतिरहेका ५ जना बेपत्ता भएको पहिरोमा परि बेपत्ता हुनेहरुमा हुम बहादुर गाहा, उनी श्रीमती, छोरी, छोरीको छोरी (नातिनी) र छोराको छोरी (नातिनी) रहेको बताइएको छ । बेलौजा स्वास्थ्य चौकी नजिकै माथिल्लो भागबाट खसेको ठूलो पहिरोले दुई घर पुरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकोे

मनबहादुरको परिवारका तीन जना भने पहिरो खसेपछि  भागेर ज्यान जोगाउन सफल भएका छन् । घटना स्थलमा सुरक्षाकर्मी पुग्ने क्रम जारी नै रहेको छ । यतिबेला स्थानीयले घटना स्थलमा उद्धार प्रयास गरिरहेका छन् । पानी परिरहेकोले उद्धारमा समेत समस्या भएको छ । घटनास्थल सदरमुकामभन्दा टाढा र विकट भएकाले सुरक्षाकर्मी पुग्न कठिन भइरहेको रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । अहिले आफूहरू पैदल जाँदै गरेको त्यहाँ पुग्न करिब २ घण्टा लाग्ने बाटोमा डोजर परिचालन गरेर सुरक्षाकर्मी ल्याउने तयारी भइरहेको उनले बताए ।


प्रकाशित : २०७७ असोज ८ गते १०:४८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology