मृगौला पिडित रिमीसरा काम्मुका लागि सहयोगको याचना ।

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०७७ असोज ७ गते १८:५५

पाल्पा जिल्ला,पूर्वखोला गाउँपालिका वडा नं. ५,वीरकोट,कर्नेडाँडाकी मृगौलापिडित रिमी सरा काम्मुले सहयोगको याचना गर्नुभएको छ । उहाँको दुवै मृगौला फेल भई विगत एक वर्षदेखि गौतमबुद्ध सामुदायिक हस्पिटल बुटवलमा उपचार भईरहेको छ । हाम्रा प्रतिनिधिसंग उहाँले नियमित रुपमा हप्ताको ३ पटक डायलाईसिस गराउनु पर्ने,औषधी सेवन गरिरहनुपर्ने अत्यन्त जटिल अवस्थामा रहेको भन्नुहुँद‌ै मासिक रु. ३०,००० भन्दा बढी खर्च लाग्ने हुँदा आर्थिक रुपमा ठुलो भार परिरहेको बताउनुभएको छ । विगत एक वर्ष देखि कसैसँग सहयोग नमागी पारिवारिक स्रोत,ऋण–धन गरेर ती खर्चहरु व्यवस्थापन गर्दै आएकोमा हाल आएर ऋणको भारले आर्थिक अवस्था अत्यन्तै नाजुक भएको र अन्य स्रोत पनि नभएको हुँदा सबैसंग आफ्नो जीवनरक्षाका लागि आफुले सक्ने सहयोग गरिदिन अनुरोध गर्नुभएको छ । ३८ वर्षिय रिमीसराका ३ जना सन्तानहरु छन भने श्रीमान वैदेशिक रोजगारीमा हुनुहुन्छ । श्रीमान एक्लैको कमाईले सन्तानहरुको लालनपालन,शिक्षादीक्षा अनि आफ्नो महंगो उपचार थेग्न नसकिने उहाँका देवर हुमन काम्मुले बताउनुभएको छ । उहाँलाई सहयोग गर्न चाहनुहुने महानुभावहरुले छोरी तिर्सना काम्मुको नाउँमा रहेको एन आइ सि एसिया बैक तिलोत्तमा शाखामा रहेको खाता नं. १८०५७५०८५३२०५००१ वा हुम बहादुर काम्मुको नाउँमा रहेको प्रभु बैक लिमिटेड बुटवल शाखाको खाता नं. ००२००६९४७९४०००१२ मा रकम जम्मा गरेर सहयोग गर्न सक्नुहुने समेत पारिवारिक स्रोतले जनाएको छ ।


प्रकाशित : २०७७ असोज ७ गते १८:५५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology