पूर्वखोलाको पर्यटकीय क्षेत्र

प्रकाश देवकोटा
प्रकाशित : २०७७ असोज ५ गते ९:२४

पर्यटकको पर्खाइमा रहेका पूर्वखोलाका पर्यटकीय स्थलहरू
नेपालमा अहिले संघीय शासन प्रणाली भएको र धेरै अधिकार स्थानिय निकायलाई दिएको र स्थानिय निकायले आफ्नो सरकार कसरी आर्थिक संवृद्दि गर्ने र जनतालाई सुख सुविधा दिन सकिन्छ भन्ने तर्फ केन्द्रित भएको देख्न सकिन्छ । यसरी पर्यटक पर्वद्दन गरेर आर्थिक उपार्जन र आफ्नो छुट्टै पहिचान दिन पूर्वखोला गाउपालिका पनि जोडतोडले लागि परेको छ । एेतिहासिक र विभिन्न पर्यटकक्षेत्रहरू पहिचान भईसकेका छन् भने अझ धेरै ठाउ पहिचान हुनै क्रम जारि छ ।
१ हात्तीलेक
पूर्वखोला गा पा को वडा नं १ सलुवामा हात्तीलेक रहेको छ ।समुन्द्री सतहबाट ५८०० फिट उचाईमा रहेको हात्तीको जस्तो आकारको डाडो जहाबाट हिमालका मनमोहक दृश्यावलोकन तराईका विभिन्न ठाउ देख्न सकिन्छ । हात्तीलेक डाडामा पुग्न पैदलमार्ग हुदै जादा विभिन्न वन्यजन्तु कालिज तित्रा लगायत विभिन्न पशु पंक्षिहरू वहुमुल्य जडिबुटी अादि देख्न सकिन्छ । हात्तिलेकको चुचुराको चिसो सित्तल हावाले स्वर्गीय आनन्द दिलाउछ ।
२ बाकुमगढि
पूर्वखोला गा पा वडा नं ६ हेक्लाङको झेमराङ्ग स्थित रहेको ऐतिहासिक रूपमा परिचित बाकुमगढि रहेको छ । सेन राज्य अन्तर्गत को एक शक्तिशाली पुर्वको किल्ला बाकुमगढि थियो । बाकुमगढि किल्ला करिब ३०० वटा सिढीहरू चढेसि किल्ला पुगिन्छ ।बाटोमा मन्दिर अनि करिब १५ मिटर लामो गुफा रहेको ( सुन गुफा) गुफा भित्र विभिन्न आकृति हरू देख्न सकिन्छ । माथि डाडाेमा किल्ला को केहि पर्खाल अनि सुरूङ का अवषेश देखिन्छ ।किल्लाबाट पूर्वखोला विभिन्न ठाउँ रम्भा को केहिठाउँ स्याङ्जा कालीगण्डकी नदि हिमश्रृङ्खलाहरू देख्न सकिन्छ ।

३ मादले गुफा
पूर्वखोला गा पा वडा नं २ जल्पा मुडेखर्क मा रहेको अनौठो र अाश्चर्य चकित तुल्याउने गुफाको नाम हो मादले गुफा । यस गुफा भित्र प्रवेश गरि अगाडि जादा विभिन्न जनावरका आकृति का स्वरूप शिव लिंग अादि देख्न सकिन्छ ।गुफा प्रवेशको दाहिने तर्फको गुफामा मादलको ताल र आवाज दिने गुफा रहेको छ ।जसरि मालको दुई तालको अावाज आउछ त्यसरि नै आवाज अाउछ ।
४ चमेरे गुफा (घिचिने आेडार)
पुर्वखोला गा पा वडा नं १ सिलुवाको छिस मा रहेको स्थानिय नाम (घिसिनेआेडार ) को नाम हो चमेरे गुफा ।चमेराहरू को वासस्थान रहेकाले यसलाई चमेरे गुफा भनेको हो ।अत्यन्तै ठुलो फराकिलो र उचाई रहेको यस गुफामा एकैपटक करिब २०० जना मानिस बस्न सकिने ठाउ रहेको छ । पूर्वखोलाको(खोला) किनारा मै यो गुफा रहेकाले पौडि खेल्न अझ रमाईलो गर्न सकिन्छ ।गाङ्दि वाट यस गुफामा पुग्न करिब १ घण्टा लाग्दछ।
यस्तै बुढिलेक , चुलिडाडा, बोल्ने पाहाड पनि रहेको छ ।


प्रकाशित : २०७७ असोज ५ गते ९:२४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology