पाल्पामा पिसिआर मेसिन जडान हुदै

Kandara News
प्रकाशित : २०७७ भदौ २७ गते ९:०८

पाल्पा रामपुर
पाल्पामा पिसिआर मेसिन आएको छ । पाल्पा अस्पतालले जिल्ला समन्वय समितिको सभाहल काजीपौवामा पिसिआर प्रयोगशालाका संरचना निर्माण गरि संचालन गर्न लागेको हो । प्रयोगशालामा ८ वटा कक्षसहित ६ वटा स्वास्थ्यकर्मी आवास तयार भइसकेको छ । अबको केही सातामा सम्पुर्ण मेसिन जडान कार्य सम्पन्न गरि पि. सि. आर चेक गर्न सुरु गरिने पाल्पा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले बताउनु भएको छ । अध्यक्ष पाण्डेका अनुसार १० वटा मेसिन मध्ये एक पाल्पामा परको र सवै तवरले सहयोग गर्ने सवैलाई धन्यबाद समेत दिन चाहेको बताउनु भएको छ ।

यो मेसिन सञ्चालन भएपछि पाल्पा सहित छिमेकी जिल्ला गुल्मी र अर्घाखाँचीलाई पनि सहज हुनेछ । यो मेसिन सञ्चालनमा आएपछि अहिलेको अवस्थामा जस्तो स्वाब दिएपछि रिपोर्टका लागि धेरै दिन पर्खनुपर्ने समस्या समाधान हुने पाल्पा क्षेत्र न २का प्रतिनिधि सभा सदस्य सोम प्रसाद पाण्डेले बताउनु भएको छ । यहि भदौ ५ गते निकालिएको सुचना अनुसार ओम सर्जिकल काठमाडौलाई ७८ लाख भ्याट बाहेक मेसिन खरिद सम्वन्धी देन्डर परेको थियो ।

जिल्ला अस्पताल पाल्पाले नै पिसीआर मेशिन खरिद गर्न सक्ने गरी नेपाल सरकारले आवश्यक रकम अस्पतालको नाममा निकाशा गरेको हो । कोरोना संक्रमण , रोकथाम, नियन्त्रण तथा उपचारकोष सञ्चालक समितिको यही भाद्र २ गतेको १० औं बैठकबाट १ करोड रकम निकासा भएको पाल्पा क्षेत्र नं २ का संघिय सांसद पाण्डेले जानकारी दिनुभयो । जिल्लास्थित सिसिएमसी र अस्पताल ब्यवस्थापन समितिले छोटो प्रक्रियाबाट पिसिआर मेशिन तथा अन्य उपकरण खरिद गरी प्रयोगशाला सञ्चालन गर्न रकम निकास गरिएको प्रदान प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयका उपसचिब बद्रीप्रसाद तिवारीले बताउनुभयो ।यसबारे जिल्ला अस्पतालले आज शनिवार बिहान पत्रकार सम्मेलन गरि जानकारी गराउने कार्यक्रम समेत राखेको छ ।


प्रकाशित : २०७७ भदौ २७ गते ९:०८

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology