रोटी रत्यौलीको लोक दोहोरी गित

सन्तोष बस्याल
प्रकाशित : २०७७ भदौ २६ गते १२:२१

पाल्पा २६ भाद्र । गाएक यज्ञ सापकोटा र तेजु सापकोटाको आवाजमा रहेको नया सांगितिक कोशेली बजारमा आएको छ । रोटी रत्यौलीको नामक उक्त गिति संग्रह मार्फत सापकोटा द्धय फेरी एक पटक संगितिक बजारमा छाउने प्रयासमा रहेका छन । माया प्रेमको बिषय बस्तु समेटेर तयार पारिएको गितले प्रेमी जोडीको आवाज बोल्ने गाएक सापकोटा बताउछन । टिपिकल शब्द समेटी तयार गरिएको उक्त गितका शब्द शालिकराम भण्डारीले लेखेका हुन भने संगित गाएक सापकोटाले दिएका छन । अकला देबी म्युजिक युटुब च्यानल मार्फत सार्बजनिक भएको उक्त गितको ?भिडियो समेत एकदमै उत्कृष्ट बनेको छ । अहिलेका चर्चित गाएक तथा मोडल रामजी खांडलाइ फिचरिङ्ग गरिएको भिडियोमा उनलाइ साथ दिएकी छन पबित्रा काफलेले । गितको भिडियोमा बिरेन्द्र भट्टको छायांकन र अमृत चापागाइको सम्पादन रहेको छ भने भिडियोलाई मदन खडकाले निर्देशन गरेका हुन ।


प्रकाशित : २०७७ भदौ २६ गते १२:२१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology