नेपाली कांग्रेस पूर्वखोला गाउँकमिटीद्धारा आर्थिक पारदर्शिता न्यायोचित सेवा प्रवाहका लागि अनुरोध पत्र बुझायो

कन्दरा सम्बाददाता
प्रकाशित : २०७७ भदौ २३ गते १७:१६

भाद्र -२३
नेपाली कांग्रेस पूर्बखोला गाउँ कार्यसमितीले गाउँपालिका कार्यालयलाई अनुरोध-पत्र बुझाएको छ ।
गाउँ कार्यसमिति संयोजक कृष्ण प्रसाद शर्मा पौडेलको नेतृत्वमा,नेपाली काँग्रेस,जिल्ला कार्य समिती सदस्य एवं २ नं वाड पार्टी सभापति अनिरुद्र खनाल लगायतका नेपाली कांग्रेस निकट व्यक्तिहरु सहित गएको टोलीले पूर्वखोला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ज्ञानु प्रसाद पनेरुको उपस्थितिमा गाउँपालिका अध्यक्ष नुन बहादुर थापालाई यस गाउँपालिकाबाट हुने सेवाप्रवाह तथा विकास आयोजनाका कार्यक्रमहरुमा बिना पक्षपात निष्पक्ष ढंगले सबैलाई सहभागी गराउने, अनियमितता र ढिलासुस्ती नगरी आर्थिक पारदर्शिता कायम गर्ने गरि न्यायोचित सेवा प्रबाह होस् भनी अनुरोध पत्र बुझाएको सभापती कृष्ण प्रसाद पौडेलले जानकरी गराउनु भयो ।


प्रकाशित : २०७७ भदौ २३ गते १७:१६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology