पहिलोपटक जनप्रतिनिधि संक्रमित,बगनासकालीका वडा नं. ७ र ८ शिल

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०७७ भदौ २२ गते १८:१९

भाद्र २२ (पाल्पा)
पाल्पामा पहिलो पटक जनप्रतिनिधिमा कोरोना संक्रमणको पुष्टि भएको छ । जिल्लाको माथागढी गाउँपालिकाका एक पुरुष जनप्रतिनिधिमा कोरोना संक्रमणको पुष्टि भएको गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार थापाले जानकारी दिनुभयो । संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको अध्यक्ष थापाको भनाई छ । रुपन्देहीमा आफन्त भेटेर फर्किएका उनमा कोरोना पोजेटिभ देखिएको हो ।

त्यस्तै बगनासकाली गाउँपालिका वडा नं. ७ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि वडा नं. ७ र ८ का विभिन्न क्षेत्र शिल गरिएको छ । समुदायस्तरमा संक्रमण फैलिन सक्ने भन्दै वडा नं. ७ को देउरालीसहित वडाभवन रहेको क्षेत्र र वडा नं. ८ को देउराली देखि न्यौपानेडाँडासम्मका क्षेत्रहरु भाद्र २२ गते सोमबार बेलुकी ५ बजेदेखि अनिश्चितकालसम्मका लागि शिल गरिएको गाउँपालिका कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।


प्रकाशित : २०७७ भदौ २२ गते १८:१९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology