पूर्वखोलामा १ जनामा कोरोना पोजेटिभ देखियो

डिल्ली राज पंगेनी
प्रकाशित : २०७७ भदौ २० गते १८:१६

भाद्र २० पूर्वखोला गाउपालिकामा १ जना लाई कोरोना पोजेटिभ देखिएको छ । भाद्र १४ गते ६ जनाको स्वाब संकलन गरि पिसिआर टेस्टका लागि जन स्वास्थ्य कार्यालय भैरहवा पठाइएको थियो । ६ जनाको स्वाब संकलन गरि पठाइएकोमा ५ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १ जनाको रिपोर्ट पोजेटिभ आएको पूर्वखोला गाउँपालिका स्वास्थ्य संयोजक मोहन ढकालले जानकारी गराउनु भयो ।

कोरोना पोजेटिभ देखिएका व्यक्ति वडा नंं. ५ बिरकोटको गणपती मा वि मा क्वारेन्टाइनमा रहेका ३२ बर्षे १ पुरुषमा रहेका छन । पोजेटिभ देखिएको व्यक्तिको स्वास्थ्य सामान्य रहेको ढकालले जानकारी गराउनु भयो ।


प्रकाशित : २०७७ भदौ २० गते १८:१६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology