पिपलडाँडाका एक युवा बेपत्ता ।।

Kandara News
प्रकाशित : २०७७ भदौ १७ गते २०:३०

पाल्पा जिल्लाको रम्भा गाउँपालिका-३,पिपलडाँडा,शिखरडाँडाका ३३ वर्षिय राजकुमार थापा बेपत्ता भएका छन् ।
साबिक पिपलडाँडा गा.वि.स. मा पर्ने शिखरडाँडा देखि ६०० मिटर पश्चिममा पर्ने भिरमा गत भदौ १५ गते दिउँसो ३:३० बजे सुख्खा पहिरो खसेको थियोे । सोही दिन दिउँसो १२:०० बजे घरबाट निस्केका उनी पहिरो खसेपछि घर नफर्किएको र वरपर जताततै खोज्दा नभेटिएपछि पहिरोमा पुरिएको आशंका गरिएको छ । बाख्रा चराउन गएकी एक स्थानिय महिलाका अनुसार पहिरो खस्नु अघि निज थापा सो स्थान आसपासमा काठ बोक्दै गरेको र थकान मेट्न त्यहीँ बसेको देखेको भन्ने थाहा भएको छ । घटना भएको २ दिन बितिसक्दा पनि नभेटिएपछि उनलाई जिवितै उद्दार गर्न सकिने सम्भावना कम हुँदै गएको छ । उनको नेपाल प्रहरी,सशस्त्र प्रहरी लगायत स्थानियबासीहरुद्वारा पहिरो पन्छाएर खोजी कार्य भईरहेको छ ।


प्रकाशित : २०७७ भदौ १७ गते २०:३०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology