भावुक हुदैँ दीपाश्रीले भनिन् , ‘आइन्दा यस्तो गल्ती गर्ने छैन ’

कन्दरा सम्बादाता
प्रकाशित : २०७७ भदौ ७ गते २१:३२

एकाएक एक अन्तरवार्ताबाट विवादमा आएकी अभिनेत्री तथा निर्देशक दिपाश्री निरौला पहिलो पटक सार्वजनिक भएकी छन् । उनले आफ्नो आफ्नो जन्मदिनका अवसरमा सामाजिक संजालमा भिडियो मार्फत फेरि पनि माफी मागेकी छिन् ।

उनले अहिलेसम्मको सफलताको सवै दर्शको आशिर्वाद भएको र दर्शकको चित्त दुखाउन नखोजेको बताएकी छन् । दीपाले भिडियोमा रुँदै रुँदै भन्छिन , मैले मिडियामा बोल्दा गल्ति गरे । त्यहाँ गएर बोल्ने शैलीमा मा चुके । सिनियर कलाकारको बारेमा कम्नेट गरे ।’

जन्मदिनको दिन निकै भावुक मुन्द्रामा प्रस्तुत भएकी दीपा आफुले पाएको त्यो गाली गलोज मेरै गल्तीको सजाय भएको बताएकी छन् ।
उनी भावुक हुदैँ बोल्छिन् ,’अपमानजनक गाली गलौजले अत्तालिए तर आफ्नै गल्ति भनेर सहने कोसिस गरे । मेरो कारणले मेरो टिमले नै गाली खायो र टिममा समस्या समेत आयो । तर धन्य छु, माया गर्ने मान्छेको हौसलाले केहि उठ्न सके । म आजबाट प्रण गर्दछु आफ्नो व्यक्तित्व विकासका लागी र दर्शकलाई राम्रो चलचित्र दिन प्रण गर्छु । ’

उनले अन्तमा राजेश हमालसँग माफी पनि मागेकी छन् । उनले भिडियो मार्फत भनेकी छन् ,‘आदरणीय राजेश हमाल ज्युका सुभचिन्तकहरु मेरो अभिव्यक्तिले तपाईहरुको मन दुखेको छ । कृपया आफ्नो दिदि बहिनी सम्झेर माफ गरिदिनुहोला ।’


प्रकाशित : २०७७ भदौ ७ गते २१:३२

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology