असल मानव

हरि प्रसाद न्यौपाने
प्रकाशित : २०७७ भदौ ३ गते १३:१६

सबै जीवन मा मानव जीवन असल मानिन्छ। किनकि मानव जीवन चेतनशील हुन्छ। बिबेकशील हुन्छ। त्यसमा पनि परोपकारी, दयाशील, सेवामुखी , जीवनपद्धति बिशिस्ट बन्छ। असल मानिसको असल चिन्तन, मनन ,व्यवहार, आचरण भएको सदाचारी मानिस नै असल हो। यति मात्रै न भएर आफुलाई बिर्सिएर अरु लाई दिने त्यागी मनिसनै असल मानिस हो । निस्वार्थ सेवा भाव भएको मानिस असल हुन्छ ।
असल मानिसमा सेवाभावको बास हुन्छ। उपकारको आस हुन्छ।

उसमा जातिय विभेद रहदैन। धार्मिक,लैंगिक, छेत्रिय, रूपरंगको विभेद रहदैन। उसको हृदय सदा सुन्दर कन्चन पानि जस्तो हुन्छ। असल मानिस उदार हुन्छ। उदारता उसको स्वभाव हो। सौन्दर्य हो। निस्कलंक मानव समाजमा उसको प्रसंशा हुन्छ । मुल्यांकन हुन्छ। असल आखिर सबै तिर असलै हुन्छ।

‘ उदारचरिता नांतु वसुधैव कुटुम्कवकम ‘ उदार हृदयको दृष्टिमा सिङ्गो संसार आफन्त हुन्छ। वन्धु वान्धव हुन्छ। तेरो मेरो भावना बाट माथि उठेको मनिसनै असल हुन्छ। मानव समाज नै असल मानिसको नजरमा परिवार हो। घरवार हो। सामाजिक पीडा व्यथा, असल मानिसका पीडा व्यथा हुन्। दुख, दर्द, क्रन्दन हो। चित्कार हो। रोदन हो ।

असल मानिसको स्वभाव पनि असल हुन्छ।उस संग रिश, राग, द्वेस, रहेको हुदैन।

लोभ, मोह, इर्ष्या, मद्, मात्सर्य उसका वैरी हुन्। असल मानिस सज्जन हुन्छ। अनुशासित हुन्छ। चौतारीको वरपिपल जस्तो उपकारी हुन्छ। दयालु हुन्छ। यो असल मानिसको विशेषता पनि हो।

असल मानिसहरुमा जाँ हेनरी डयूना, महात्मागांधी, अब्राहमलिङ्कन, लक्ष्मीप्रसाद देवकोटा, लिओनार्दोदाभिन्ची, स्टाल्सटायल आदिलाई लिन सकिन्छ।


प्रकाशित : २०७७ भदौ ३ गते १३:१६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology